कोपा अमेरिकामा के के हुदैछ ?
कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान समूह बीका दुई खेल हुँदैछन्। ब्राजिलले हाइटीसँग नेपाली समय अनुसार बिहान ५ बजेर १५ मिनेटमा खेल्नेछ भने बिहान ७:४५ को खेल इक्वेडर र पेरुबीच हुनेछ।
इक्वेडरसँग बिना गोलको बराबरी खेलेको चोटग्रस्त तथा नेमार बिनाको ब्राजिलले पहिलो पटक कोपा खेल्दै गरेको हाइटीलाई पराजित गर्दै तीन अङ्क जोड्ने लक्ष्य लिएको छ।
तर पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको ब्राजिलले आफ्नो आक्रामक शैलि देखाउन सक्ला कि नसक्ला त्यो हेर्न बाँकी छ।
ब्राजिलले हाइटीलाई जितिहाले पनि कमजोर विपक्षीलाई जितेको भनेर त आलोचकहरुले भन्न छुटाउने छैनन् नै।
क्लब खेल युरोप, अमेरिका र एसियामा खेल्ने हाइटीका खेलाडीहरुले पेरुसँगको खेल १-० ले पराजित भए पनि त्यो खेल झण्डै बराबरीमा टुङ्गिएको थियो। हाइटीलाई गुमाउनु केही छैन।
हाइटीले यो खेलमा बराबरीमात्रै गर्यो भने पनि यो उसको लागि ठूलै उपलब्धि हुनेछ। अनि ब्राजिलले जितहाल्यो भने नि? हाइटीले कोपा अमेरिकामा इतिहास बनाउने छ र ब्राजिल समस्यामा पर्नेछ। एजेन्सी