Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोपटक नेता कार्यकर्ता सँगसँगै, छुट्टै मञ्च नबनाइने !

काठमाडौं  । नयाँशक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेताकार्यकर्ताको लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँशक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सचिवालय सदस्य तथा मञ्चव्यवस्थापन उपसमितिका संयोजक कुमार पौडेलले जानकारी दिनुभयो ।
‘हाम्रो मञ्च व्यवस्थापन परम्परागत हुँदैन, पार्टीका नेतालाई मञ्च र कार्यकर्तालाई चौरमा राख्ने अभ्यासको विकल्पमा हामीले मञ्च व्यवस्थापन गरिरहेका छौं,’ संयोजक पौडलले भन्नुभयो, ‘हाम्रा सबै सचिवालय सदस्य र केन्द्रीय सदस्यहरु संस्थापक सदस्यहरुसँग चौरमा सँगसँगै बस्नुहुन्छ ।’
नयाँशक्तिका नेता र कार्यकर्तालाई छुट्टै आसन ग्रहणको व्यवस्था नभएको उहाँले जानकारी दिनुभयो । ‘तर अन्यपार्टीका नेताहरु, भाइचारा, अन्यअतिथिहरु र सञ्चारकर्मीहरुको लागिमञ्चको व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो । सबै अतिथिहरुको मञ्चसमेत दर्शकदिर्घापट्टि नै व्यवस्थागरिएको र मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्थागरिएको उहाँले बताउनुभयो ।
उहाँले परम्परागत ढंगले रिबन काटेर, बेलुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने स्पष्ट पार्नुभयो । रंगशालाको संवेदनशीलतालाई ध्यानमा राखेर मञ्च बाहिरैबाट फिट गरेर ल्याइने तयारी गरिएको उहाँले बताउनुभयो । ‘रंगशालालाई केहीचलाउन, खन्न र खोस्रन नपाइने हुनाले बाहिरैबाट फिट गरेको मञ्च ल्याउँछौं,’ पौडेलले भन्नुभयो, ‘भूकम्पपछि रेड स्टिकर टाँसिएकोले प्याराफिटको प्रयोग नगरिने र सबै जनाचौरमा बस्ने व्यवस्था छ ।’
रंगशालाको पूर्वी गेटबाट अतिथि, दक्षिण गेटबाट सर्वसाधारण प्रवेशको व्यवस्थागरिएको र सुरक्षाकालागि सबै प्रवेशद्वार खुला राखिएको संयोजकपौडेलले जानकारी दिनुभयो । रंगशालामा खानेपानी, स्वास्थ्य डेस्क, डस्टबिनहरु, शौचालय लगायतको व्यवस्थागरिएको पनिउहाँले बताउनुभयो ।
सहभागीहरुको सुविधाको लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूलो एलइडी स्क्रीन र मुल गेट अगाडि पनि एलइडी स्क्रीनमा कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्थागरिएको मञ्च व्यवस्थापन गरिरहेको क्याप्टेन आउटडोर प्रालिका अनिलथमनले जानकारी दिनुभयो । हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्