नेपाली कामदारला सताउने खाडी र मलेसियाका ५८ कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् । कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् ।
कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन् ।
वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई शोषण गर्दै आएकाले कालोसूचीमा राखिएको जाकारी दिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।