Logo
१२ बैशाख २०८१, बुधबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.सीके राउतलार्इ नजिक्याउने डा.बाबुरामको कसरत !


काठमाडौं । तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।
दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन् । 
यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ ।
राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।
भट्टरार्इ आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नुपर्ने अभिव्यक्ति रेकर्ड गराइका थिए । आजको अननपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्