Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीसित क्रिश्चियन सर्वोच्च धर्मगुरु पोपका प्रतिनिधिको भेट

काठमाडौँ  । भ्याटिकन सिटीमा बस्ने क्रिश्चियन सर्वोच्च धर्मगुरु पोपका प्रतिनिधिहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसग भेट गरेका छन । 
राष्ट्रपतिको कार्यलयले जनाए अनुसार विश्वभरका क्याथोलिक चर्चहरुको केन्द्र बिन्दुका रुपमा चिनिने स्वतन्त्र सार्वभौम हैसियत दावी गर्ने होलीसीका राजदूत तथा धर्माध्यक्ष साल्भातोर पेनासियोले आज राष्ट्रपति भण्डारीसित शिष्टाचार भेट गरेका हुन । 
भ्याटिकन सिटी देशका रुपमा रहे पनि यसका राजदूतहरुलाई भ्याटिकन सिटीको रुपमा नभई द होलीसी को राजदूतका रुपमा आधिकारिक रुपमा मान्यता दिइन्छ। 
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक–आर्थिक विकासमा दुई देशले खेलेको भूमिका तथा प्रबिद्धता एवम् आपसी सहयोग र सम्बन्ध लगायतमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
होली सीको अधिकार क्षेत्र भ्याटिकन सिटी र इटालीको रोमका विभिन्न भागमा रहेका छन् । कूटनीतिक रुपमा होली सीले विश्वका सबै चर्चको प्रतिनिधिको रुपमा काम गर्ने र बोल्ने गर्छ। 
अन्तर्राष्ट्रिय कानुन अनुसार यसलाई सार्वभौम सत्तासम्पन्नका रुपमा केहीले मान्यता दिएका छन् । सार्वभौम क्षेत्रका रुपमा यसले भ्याटिकन सिटीको एन्क्लेभलाई होल्ड गर्छ। यसको प्रमुख नेता इसाई धर्मगुरु पोप नै हुन्छन्। 
यसअघि नेपालको नयाँ संविधानमा धर्म निरपेक्षता र हिन्दु धर्म सम्बन्धी विवाद उठिरहेका बेला क्याथोलिक चर्चका प्रभावशाली इसाई धर्मगुरु कार्डिनल फर्नान्डो फिलोनी गत वर्ष भदौमा नेपाल आएर सरकारी अधिकारीहरुलाई भेट्नुका साथै राजधानी र राजधानीबाहिरका विभिन्न ठाउँमा हुने इसाई धार्मिक सभा डाक्ने तयारी थियो। 
तर सरकारले समय अनुकूल नभएकोु जानकारी गराएपछि उनको पाँच दिने भ्रमण स्थगित भएको थियो। 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्