Logo
८ बैशाख २०८१, शनिबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काटेर फालेको गोरू भेटिए पछि राष्ट्रिय धर्म सभाले जनायो यस्तो आपत्ती

चितवन । चितवनको माडीमा गोरु काटेर फालेको अवस्थामा मृत फेला परेको छ ।  राष्ट्रिय जनावर गाईको प्रजाति गोरुलाई माडी नगरपालिका–३ चिताही पुल भन्दा ४०० मिटर दक्षिण सिसौघारीमा काटेर फालेको अवस्थामा भेटिएको स्थानीय रामजी सापकोटाले जानकारी दिए । शिकारीले गोरुको पछाडिको दुवै फिला लगेको छ ।
बुधबार राति ९ देखि १२ बजेको समयमा गोरु काटिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले गोरुको पोष्टमार्टमका लागि मुचुल्का उठाएर अनुसन्धान सुरू गरेको छ । हिन्दूले तिहारको चौथो दिन गोरुको पूजा गर्ने गर्दछन् ।
यसैगरी सोही गोरु काटिएको घटनालाई लिएर राष्ट्रिय धर्म सभा नेपाल जिल्ला कार्यसमिति चितवनले भत्र्सना गरेको छ । सभाका वरिष्ठ उपाध्यक्ष श्यामसुन्दर विष्टले बिहीबार विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता बिगारेर आतंक फैलाउने उद्देश्यले घटना भएको भन्दै विरोध गरेका छन् ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्