अनसनमा बसेकालाई सत्ताधारीको समर्थन, गच्छदारका कारण सत्ता गठबन्धनमा सङ्कट !
काठमाडौं । सत्तागठबन्धनको दल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) भित्र सरकारबाट बाहिरने विषयमा छलफल सुरु भएको खबर छ ।
सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै लोकतान्त्रिक भित्र सरकारबाट बाहिरने विषयमा गम्भिर छलफल भइरहेको महासचिव जितेन्द्र देवले बताए ।
लामो समयदेखि सत्ताका बारेमा पार्टी भित्र औपचारीक अनैपचारीक छलफल चलेको एनभीएम ग्रुपलाई उनले बताए ।
यसै बिच सरकार विरुद्ध आन्दोलन गरिरहेको सघिंय गठबन्धनको अनसनलाई समर्थन गर्ने भएको छ । पार्टीको बैठक गरेर विज्ञप्ती मार्फतनै समर्थन गर्ने भएको छ । अहिले पनि आन्दोलनमा नैतिक समर्थन रहेको उनको बताए ।
सरकारले सत्तागठबन्धन भित्रैका दलहरुको अपेक्षा पनि पुरा नगरेको र जनताका समस्या पनि सम्वोधन नभएको सरकारको रहनुको अर्थ नरहेका अधिकांसको नेताको भनाइ रहेको पनि उनले बताएका छन् । उनले सरकारको विकल्प खोज्नुपर्ने विषयमा नेताहरु एकमत भएको बताएका छन् ।
विजयकुमार गच्छदारले दिएको सुझाव पनि प्रधानमन्त्रीले पालना नगरेको उनको दाबी छ । उनले असारमा सरकार परिवर्तन हुने दावी पनि गरेका छन् ।