Logo
१३ बैशाख २०८१, बिहीबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रले अन्य पार्टीबाट धमाँधम नेता–कार्यकर्ता भित्राउदै, अन्यलाई तनाव !


काठमाण्डौ । अन्य पार्टी त्याग गरी उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढन थालेको छ । यादवलेले सुनसरीमा पूर्वसभासदसहित सयौं नेता कार्यकर्ताहरु भित्र्याएका हुन । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले सुनसरी–५ को लौकही गाविसमा पूर्वसभासद सबिता यादवसहितको एक सयभन्दा बढी नेता कार्यकर्ताहरूलाई टीका लगाएर फोरममा शनिबार पार्टी प्रवेश गराएका छन् ।
फोरम लोकतान्त्रिककी नेतृ तथा पूर्वसभासद यादव, जिल्ला सदस्य रामनारायण पौदारसहित राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी समाजवादी फोरममा प्रवेश गरेको समाजावादी फोरमका सुनसरी इञ्चार्ज तथा केन्द्री सदस्य भिम राईले बताए ।
गठबन्धनको तेस्रो चरणको आन्दोलनअन्तर्गत जेठ २५ गतेदेखि रिले अनसन शहिदमञ्चमा जारी छ । गठबन्धनका संयोजक यादव गत बिहिबार दिउँसो मधेश झेरका थिए भन्दै हुलाकी न्यूजले उल्लेख गरेको छ । 
शनिबार दिउँसो सुनसरीको इटहरीमा पदम अधिकारीको लिम्बुवान पार्टीसँग एकता हुने कार्यक्रममा सरिक हुन अध्यक्ष सुनसरी आएको समेत केन्द्रीय सदस्य राईले जानकारी दिए ।
गत जेठ २६ गते मात्रै एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको शक्तिशाली र विश्वास पात्र मानिने रोतहटका नेता रेवन्त झासहितको दुई दर्जन रौतहट जिल्लाका प्रभावशाली मानिने नेता तथा कार्यकर्ताहरू समाजवादी फोरममा प्रवेश गरेका थिए । 

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्