Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्ता पत्रबारे उपेन्द्रले भने ‘पत्र आउनै १० दिन लाग्छ, के भन्नु र ?


प्रधानमन्त्रिद्धारा गठबन्धनको नाममा वार्ताको पत्र 
काठमाण्डौ । आन्दोलनरत दलहरुलाई सरकारले पठाएको वार्ता पत्रबारे संघिय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुको हातमा पत्र आइनसकेकोले केहि भन्न नमिल्ने बताएका छन । 
‘जाबो सिंहदरवारबाट सरकारको पत्र आउन १० दिन लाग्दो रहेछ, त्यसबारे के नै प्रतिकृया दिनु र ? यादवले टेलिफोनमा भने ‘सरकारको पत्र कस्तो छ, त्यसमा के लेखिएको छ, त्यो हेरेर मात्र केहि भन्न पाइन्छ’ ।
यसअघि पत्र लेखेर उपकार गरे जस्तो लेलिएको थियो, जसकारण हामि वार्तामा गएका थिएनौ, अब यो पत्र हेरौं के लेखिएको छ’ उनले भने ‘हाम्रो माग पुरा गर्न सरकार यदी तयार छन भने हामि निर्धक वार्तामा जान तयार छौं ।’ 
यता, पछिल्लो केहि दिन देखि राजधानीमा रिले अनसन गरिरहेका आन्दोलनरत मधेशी जनजाती दलहरु सम्मिलित सघिय गठबन्धनलाई सरकारले वार्तामा बोलाएको छ । 
प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत संघीय गठबन्धनलाई नै सम्बोधन गर्दै आइतवार वार्ताको लागि पत्र पठाएका हुन ।  यसअघि प्रधानमन्त्री ओलीले जेठ १० मा मधेसी मोर्चाको नाममा वार्ताका लागि पत्र पठाएका थिए । तर मधेसी दलहरु वार्तामा गएका थिएनन । 
पत्रमा सबै माग पुरा भइसकेको जिकिर गरिएको कारण देखाउदै मधेशी मोर्चा वार्तामा गएका थिएनन । गठबन्धन आवद्ध दलहरु नाकाबन्दी लगायतका आन्दोलन रोकेर काठमाडौ केन्द्रित आन्दोलनमा रहेका छन । 
‘आन्दोलनरत सबैलाई प्रधानमन्त्रीले छुट्टाछुट्टै पत्र पठाउनु भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘सोमबारसम्म सबैकहाँ पत्र पुगिसक्छ ।’ 
प्रधानमन्त्रीले पठाएको पत्रमा सबै समस्या वार्ताबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ ।  विगतको पत्राचारसमेतलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले देश जनताका समस्या समाधानका लागि आफू मिलेर अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।
‘विगतमा पत्राचारमा भएको सम्बोधन लगायतका कमिकमजोरीलाई उठाएर वार्तामै नबस्ने भन्ने कुरा हुँदैन, त्यसैले वार्तामा आउनुहोस् खुल्ला छलफल गरौ भन्ने आग्रह प्रधानमन्त्रीले गर्नुभएको छ,’ प्रेस सल्लाहकार दाहालले भने ।  
प्रधानमन्त्रीले राष्ट्रिय मुस्लिम संघर्ष समितिलाई पनि वार्ताका लागि पत्र पठाएका छन् भने दुई दिन अघि आन्दोलनरत थारुवानरथरुहट संघर्ष समितिलाई पनि प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाएका थिए ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्