बाबुराम भट्टराई काहाबाट आयो यो रकम, सार्वजनिक गरेको रकम भन्दा दोब्बरबढी खर्च
काठमाडौं ३१ जेठ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टी घोषणा गरेर नसकिदैँ तितो टिका टिप्पणी हुन थालेको छ ।
यसअघि घोषणासभा र त्यसको तयारीमा सभामा १ करोड ५ लाख रुपैयाँ गर्ने नयाँ शक्तिले बताएपनि झण्डै साढे २ करोड खर्च भएको पाइएको छ ।
स्रोतका अनुसार प्रचार प्रसारमा मात्रै १ करोड ५० लाख खर्च भएको छ । प्रचार प्रसारका लागि सीमोन एडभटाइजिङ एजेन्सीलाई जिम्मा दिइएको थियो ।
त्यो एजेन्सी प्रवक्ता तथा प्रचार प्रसार प्रमुख खिमलाल देवकोटा निकटको एजेन्सी हो । त्यस्तै मञ्च सजावटका लागि एनसी एजेन्सीलाई ४० लाख रुपियाँ दिइएको नयाँ शक्तिका एक नेताले जानकारी दिए ।
यत्रो रकम काहाँबाट आयो हामी त छक्क परेयौं एक नेताले भने । यसबेला आम नागरिकले बाबुरामलाई सोधिरहेका छन् ‘यो सब तामझामका निम्ति यत्रो पैसा कहाँबाट आयो रु’
प्रवक्ता देवकोटाका अनुसार, पार्टी घोषणा नहुँदै नयाँ शक्तिको खातामा करिव १५ लाख थियो । सदस्यता शुल्कबाट १ करोड २० लाख २७ हजार, १ हजार ५ सय प्रतिनिधिबाट ७ लाख ५० हजार, सचिवालय सदस्यबाट ६ लाख ६० हजार अन्तरिम केन्द्रीय परिषद्का सदस्यबाट १० लाख र समर्थकहरुबाट २५ लाख रुपैयाँ उठ्ने उनले बताए ।
देवकोटाले सबै खर्च सम्मेलन सकिएपछि सार्वजनिक गर्ने जानकारी दिए । पार्टी घोषणाका क्रममा हुने खर्चमध्ये सदस्यता शुल्क, प्रतिनिधिहरुको प्रवेश शुल्क, अन्तरिम केन्द्रीय परिषद्का सदस्यले स्व इच्छाले गर्ने भनिएको थियो ।
छोरी एअर होस्टेज् हो एक छिन देखिएर आए आउने जाने प्लेनको टिकट पार्टीका नेताले मिलाई दिए एक दुई दिन बस्छु अनि जाने हो घर उनले भनिन् ।