Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षमा नयाँ शक्ति, ९९ सदस्यीय केन्द्रिय समिति बन्ने, पदाधिकारी नराख्ने


काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रले पार्टी अध्यक्ष प्रणाली अन्र्तगर्त नै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बन्दसत्रबाट ९९ सदस्यी केन्द्रिय समिति बन्ने निर्णय गरिएको छ । अर्थसंयोजक रामेश्वर खनालले बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको जानकारी दिए । उनका अनुसार पार्टीमा एक अध्यक्ष रहनेगरि केन्द्रिय समिति मात्रै रहने र पदाधिकारी नराख्ने भन्नेमा छलफल जारी छ । 
काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गरेको खनालले जानकारी दिए । 
उनका अनुसार प्रतिवेदन तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको थियो । आज प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मङ्गलबार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम छ । शनिबार सङ्घीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गरेका परशुराम तामाङले पनि आजको बन्दसत्रमा आफ्नो विचार राखे ।
बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५०० सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहेको पार्टी निकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताए ।

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्