Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम लोकतान्त्रिकको बैठकमा यस्तो खल्लीबल्ली !

काठमाडौं । सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रिय बैठकमा खल्लीबल्ली मच्चिएको छ । 
आईतबारदेखि चलेको केन्द्रीय समितिको बैठकमा सोमवार आमन्त्रित सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यक्रम जारी थियो, तर बोल्ने अधिकांश नेताहरुले पार्टीले तत्काल सरकारबाट हट्नुपर्ने धारणा राखेपछि बैठकमा खल्लीबल्ली मच्चिएको हो ।
नेता द्धय जितेन्द देव र रामेश्वर राय यादवले पार्टी अध्यक्ष विजय कुमार गच्छदारले ओली नेतृत्वको सरकारलाई साथ दिईरहे पार्टीको अस्तित्व नै समाप्त हुने भन्दै ध्यानाकार्षण गराएका थिए ।
उनीहरुले सरकार बनाउँदा ताका तत्कालिन एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पार्टीको तर्फबाट गरिएको ८ बुँदे सहमति समेत कार्यान्वयन नभएको, वर्तमान सरकार मधेशी मोर्चाको मागप्रति जिम्मेवार नभएको भन्दै असन्तुष्ट पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
देवले भने ,‘हामीले सरकारको समिक्षा गरेर अध्यक्ष ज्यूलाई कुरा राखेका छौं, ओली सरकार मधेशको मुद्दामा अनुदार छ, यसैगरि साथ दिने हो भने हाम्रो पार्टी संकटमा पर्छ ।’

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्