Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरदुबईमा नयाँ नेपाली हिमालय रेस्टुरेन्ट संचालनमा

युएई  ।   एभरेस्ट रेस्टुरेन्ट ग्रूपको लगानीमा जुन १२ तारिक देखि नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा नयाँ नेपाली हिमालय रेस्टुरेन्ट संचालनमा आएको छ ।  
एभरेस्ट रेस्टुरेन्ट दुबाई संचालनमा आएको एक बर्ष पछि एभरेस्ट रेस्टुरेन्ट ग्रूपको लगानीमा नेपाली हिमालय  रेस्टुरेन्ट जुन १२ तारिक बाट संचालनम आएको छ ।  रेस्टुरेन्ट काठमान्डौ हाइलाइन रेस्टुरेन्टलाई परिमार्जन गरेर संचालनमा आएको संचालकड़ा दिनेश आचार्यले जनाएका छन ।   यूएईमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, ब्यापारी, संचारकर्मी तथा सर्वसाधारण नेपाली ग्राहकको उल्लेखीय उपस्थितिमा रेस्टुरेन्ट संचालनमा आएको हो । 
  रेस्टुरेन्टमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिस्ट नेपाली परिकारहरु, नेवारी खानाका परिकारहरुका साथै थकाली खाना पाइने संचालकहरुले जानकारी दिएका छन । नेपाली नस्ता र सेलरोटिको छुटै व्यवस्था रहेको रेस्टुरेन्टमा संघ संस्थाको भेटघाट, बिभिन्न पारिवारिक पाटीहरु लागि बिशेष सुबिधा रहने संचालकले जानकारी गराएका छन । चाईनिज खाना, कोदोको ढिंडो पनि रेस्टुरेन्टको मेनुमा रहेको छ ।   एक सय जनाभन्दा बढी ग्राहकलाई एकै समयमा सर्भिस दिन सक्ने रेस्टुरेन्ट युएईमा संचालनमा रहेका अन्य नेपाली रेस्टुरेन्टको तुलनामा सुविधा सम्पन्न रहेको संचालक आचार्यले दाबी गरेका छन । एभरेस्ट रेस्टुरेन्ट ग्रुपले चाडै दार्जी्लिङ र दार्जी्लिङ एक्सप्रेश रेस्टुरेन्ट पनि संचालनमा ल्याउन लागेको संचालक आचार्यले बताए ।  
क्रेडिट कार्डबाट पनि बिल भुक्तानी गर्न सकिने रेस्टुरेन्टले निःशुल्कहोम डेलिभरी सहित अग्रिमबुकिङको लागि अनलाइनमार्फत् पनि खाना अर्डर गर्न सकिने युएईमै पहिलो नेपाली एभरेस्ट रेस्टुरेन्ट ग्रुप रहेको संचालक आर्चायले बताए । रेस्टुरेन्ट संघसंस्थाका प्रतिनिधि, ब्यापारी, संचारकर्मी तथा सर्वसाधारण नेपाली ग्राहकहरुलाई सेल रोटि अचार, लप्सीआदि परिकारहरु खुवाएर पिर्थक रुपमा रेस्टुरेन्ट औपचारिक सुरुवात गरिएको थियो ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्