Logo
१२ बैशाख २०८१, बुधबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैंसी चराउँदैं गरेकी ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत

कपिलवस्त । शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।
चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो । पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताए । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्