Logo
७ बैशाख २०८१, शुक्रबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले नाटकमात्र गर्न खोजेको आरोप, मुद्दा फिर्ता नभएसम्म निर्णायक बार्ता नहूने !



नवलपरासी । संघिय गठबन्धनका नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले सरकारले बार्ताको नाममा नाटकमात्र गर्न खोजेको आरोप लगाएका छन् ।
सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाउदै त्रिपाठीले सरकारले माग सम्बोधन नगरे देश ठूलो दुर्घटनामा फस्न सक्ने चेतावनी दिए ।
नवलपरासीको गुठीप्रसौनीमा आयोजित कार्यक्रममा बोल्दै नेता त्रिपाठीले सरकारको चाहना बास्तबिक बार्ता नभई नाटकीय ढगंको प्रस्तुती मात्रै भएको आरोप लगाए ।
त्रिपाठीले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा, घाईतेलाई निशुल्क उपचार र कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता नहूने दाबी गरे ।
फरक प्रशंगमा उनले पार्टीको यही असार सार ६ गते देखि ८ गतेसम्म नवलपरासीमा संचालन हुने प्रथम राष्ट्रिय महाधिबेशनलाई सहयोग गर्न समेत सबै सँग आग्रह गरे ।
# फाइल फोटो 

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्