Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढल्केवरमा ब्रहमलुटः बाडीँचुडीँ खान नपाएपछि हेडमास्टरले विद्यार्थी नै उतारे !


धनुषा । काले काले मिलेर खाउँ भाले । यस्तै नेपाली उखान झै धनुषा जिल्लामा सरकारी जग्गाको आम्दानीमा राज गर्दै आएकाहरुले आफ्नो राज छुट्ने भए पछि अत्तालिएको खबर छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका ढल्केबरस्थित कृषि उपज व्यवस्थापन बजार समितिमा पछिल्लो समय रकमकै कारण खैलाबैला मच्चिएको छ ।
कृषि मन्त्रालयको कृषि व्यवसाय प्रबद्धन तथा बजार विकास निर्देशनालय हरिहरभनव पुल्चोक हेडक्वाटर रहेको धनुषा जिल्लाको कृषि उपज व्यवस्थापन समितिको सरकारी जग्गामा स्थानीय विद्यालय श्री महेन्द्र उच्च माध्यमिक र मिथिला नगरपालिकाले लामो समयदेखि सरकारी जग्गाको बजारबाट आउने आम्दानीमा राइदाइ रोकिएपछि तनाव उत्पन्न भएको छ ।
समाचार स्रोतका अनुसार नगरपालिकाको मिलेमतोमा उच्च माध्यमिकका प्राध्यापक (हेडमास्टर)  रामदयाल महतो, विद्यालय ब्यावस्थापनका अध्यक्ष मनमोहन महतो र शिक्षक लगायतले विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई  कृषि उपज व्यवस्थापन समितिको कार्यालयलाई घर्न लगाए पछि सबै कुरा छताछुल्ल भएको हो । 
धनुषा स्थित हाम्रा संबाददाताले बताए  अनुसार बिगत १० बर्षदेखि मिलृमतो मै विद्यालय , मिथिला नगरपालिका (तत्कालिन अवस्थामा गाबिस) का  कर्मचारीले आर्थिक अनियमितता गर्दै आएका  थिए ।
अहिले  धनुषा जिल्लाको कृषि उपज व्यवस्थापन समितिका  कर्मचारीले यो सरकारी जग्गा हो यस्को आम्दानी धनुषा जिल्लाको कृषि उपज व्यवस्थापन समितिमै रहन्छ भने पछि हिजो मङ्गलबार उच्च माध्यमिकका बिधार्थीहरुले व्यवस्थापन समितिको कार्यलयमा तोडफोड गर्ने प्रयास गरेका थिए ।
हामीले समयमै प्रहरीलाई खबर गरेकाले तोडफोडबाट बचाएका छौं एक महिला कर्मचारीले एनभिएम ग्रुपलाई भनिन् । पहिला के थियो त्यो भन्दै अहिले पनि सरकारी सम्पतीमा अन्य संस्था ब्यक्तीले राजगर्न मिल्दैन् उनले भनिन् ।
उता नगरपालिकाका कर्मचारीहरुले उच्च माध्यमिकका हेडमास्टरलाई अगाडि सारेर सरकारी कार्यलयमा हस्तक्षेप गर्न लगाएको स्रोतले बताएको छ । 

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्