Logo
१५ चैत्र २०८०, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवित्र बन्दै जनकपुरः पर्यटक लोभ्याउँदै गंगा आरती ! हेर्नुस फोटो फिचर


जनकपुरधाम । निकै फोहर शहरको उपमा पाएका जनकपुरधाँम नाम अनुसार कै पवित्र बन्न थालेको छ । जनकपुरको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाई अभियानबाट सुरु गरिएको गंगा आरती गर्न थालिएपछि झन यसमा रौनकता थपिएको छ । 
यो कार्य थालिएकोको बुधबार दुई वर्ष पुरा भएको छ । यसलाई अझ प्रर्वधन गर्न बुधवार देशको राजधानी काठमाण्डौ र जनकपुर दुवै स्थानमा बिषेश कार्यक्रम गरिएको छ । दुई वर्ष पूर्व गंगा दशहाराको अवसर पारेर सुरु गरिएको गंगा आरतीको दोस्रो वर्ष गाँठमा विशेष आरतीको आयोजना गरिएको थियो । 
विशेष गंगा आरतीमा नेपाल तथा छिमेकी मुलुक भारतका उल्लेख्य संख्यामा पर्यटकहरुको सहभागिता रहेको थियो । जनकपुरको धार्मिक र पवित्र गंगा सागरमा शुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्यय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपालमै पहिलो पटक शुरु गरिएको दैनिक आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । तीन महिनाको गंगा सागर सफाई अभियान पश्चात दुईवर्ष पूर्व सुरु गरिएको गंगा आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताए । 
जल संरक्षणको उद्देश्यका साथ सेभ हिस्टोरिकल जनकपुरले शुरु गरेको गंगासागर सफाई अभियानले गंगा आरतीको रुप लिएपछि धार्मिक आस्थाको केन्द्र बन्नुका साथै यसले पर्यटकहरुलाई लोभ्याउन थालेको यादवको भनाई छ । भारतको बनारस, हरिद्धार लगायतका स्थानमा हुने गंगा आरती झैँ जनकपुरको गंगासागरमा हुनेगरेको गंगाआरतीमा पर्यटक तथा स्थानीयहरु रमाउने गरेको यादवको ठम्याई छ ।
जनकपुरको गंगा आरतीमा मात्र गंगाको स्तुती नगरिएर सम्पूर्ण देवीदेवताको मन्त्र जाप गर्ने गरिएकोले यसको विशेष महत्व रहेको बताउँछन् स्थानीय होटल व्यवसायी विजय झुनझुनवाला । दिन भर गरेका भुलको क्षमा माग्दै हरेक दिन साँझ हुने गंगा आरतीमा सहभागी भए क्षमा पाउनुका साथै धार्मिक शक्तिको समेत वृद्धिहुने भएकोले आरतीमा सहभागी हुन दैनिक उल्लेख्य संख्यामा स्थानीय, श्रद्धालु तथा पर्यटकहरु आउने गरेको उनले बताए ।
जनकपुरको गंगासागरमा हरेक साँझ तीनजना पुरोहितले धार्मिक रिती अनुसार गर्ने गरेको गंगा आरतीमा स्थानीय व्यक्ति तथा पर्यटकहरु आउने गरेका छन् । गंगा आरती सुरु भएको दुई वर्षमा विभिन्न दातृ संस्था, व्यक्ति तथा दान पेटिकाबाट करिब १० लाख आम्दानी भएको बताइएको छ । 
उक्त कार्यहरुबारे राजधानी काठमाण्डौमा प्रचार प्रसारमा सक्रिय भोर नमक संस्थाका अध्यक्ष राजकुमार महतोले त्यहाँका स्थानीयहरुको पहलबाट शुरु गरिएको गंगा आरतीमा राज्यले हाल सम्म खासै सहयोग पु¥याउन नसकेको गुनासो गरे । उनले भने ‘दैनिक आरती समाग्री, पुरोहित, गंगासागर पोखरी सफाई लगायतका कार्यहरुमा मासिक ६० हजार सम्म खर्च हुने गरेको छ , तर स्थानियहरुको यो कार्य जारी रहेको छ । 
राज्यले ध्यान पुर्याए जनकपुरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्ने प्रवल संभावनाहरु रहेको महतोको भनाई रहेको छ । गंगाको पुजाले धन, सुख, समृद्धि तथा सन्तान सुख प्राप्त हुनका साथै यसको स्नान महाकुम्भको स्नान सरह हुनेगरेको र गंगासागरको पुजा गर्नाले पुण्य तथा स्वर्गको प्राप्ती हुने मिथिलामहात्ममा उल्लेख रहेको छ । 
अहिलेको पवित्र जनकपुर :

उहिलेको अपवित्र जनकपुर :



# स्थानिय पत्रकार, धैर्यकान्त दत्तको सहयोगमा । तस्विर सौजन्य : राजकुमार महतो 

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्