न्यायाधीशसँग ‘सेटिङ’ को धाक लाउदै ठगी गर्ने वकिल पक्राउ
काठमाडौं । अदालतमा चलिरहेको ‘मुद्दा मिलाइदिन्छु’ भन्दै रकम लिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले कानुन व्यवसायी सञ्जयराज अधिकारीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अपराध महाशाखाले उक्त वकिललाई राजधानीबाट पक्राउ गरेको हो । अदालतका न्यायाधीशसँग आफ्नो सेटिङ छ भन्दै पैसा लिएर ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अधिकारी डिफेन्स ल फर्मका सञ्चालक रहेको प्रहरीले जानकारी दिएको छ ।
अधिकारीले पाटन अदालतका न्यायाधीशसँग आफ्नो राम्रो चिनजान रहेकाले मुद्दा पक्का जित्ने बताएपछि ढकालले आइएमइआइबाट उनलाई एक लाख २५ हजार रुपैयाँ पठाए पनि मुद्दा हारिन् ।
मुद्दा हारेपछि आफूलाई ठगी गरेको भन्दै ढकालले अधिवक्ता अधिकारीविरुद्ध जाहेरी दिएपछि महाशाखाले उनलाई बिहीबार बबरमहलबाट पक्राउ गरेको हो ।