Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजतन्त्र विरोधी हिन्दुवादी संस्था HSS को तालिममा कटुवालको कडा भाषण !


वीरगज । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल विहीवार वीरगन्जमा हिन्दु स्वयंसेवक संघको मञ्चमा देखिएका छन । 
नेता जस्तै मञ्चबाट भाषण गर्दे उनले हिन्दुत्व रक्षा र राष्ट्रिय एकताको पक्षमा एक्यबद्ध हुन अह्वान समेत गरे। 
हिन्दु स्वयंसेवक संघ एचएसएस HSS लाई भारत स्थित राष्ट्रिय स्वयंसेवक संघ आरएसएस RSS को नेपाल विङ्ग पनि मानिन्छ ।
यसको प्रमुख प्रचारक वेद प्रकाश उपाध्य रहेका छन जो भारत मणिपुरका हुन । तर यो संस्थालाई राष्ट्रवादी संस्था पनि मानिएको छ । 
विगतमा हिन्दुवादी आन्दोलनकोसमेत केन्द्रविन्दु रहिआएको वीरगन्जमा यहाँका हिन्दु अगुवाहरुसँग यसअघि पनि मञ्च साझा गर्दै आएका कटुवाल यो पटक २० दिने प्रशिक्षणको समापन समारोहको प्रमुख अतिथि थिए।
भारतको केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टी समेत लाई निर्देशित गर्ने संस्थाको रुपमा रहेको राष्ट्रिय स्वयंसेवक संघ सँग सहकार्य गर्ने नेपालको हिन्दु स्वयंसेवक संघ एकल संस्था हो ।
यसकोको चारमध्ये यो दोस्रो तहको प्रशिक्षणलाई निकै महत्वपुर्ण मानिन्छ । नेपालभरीबाट १ सय ७४ जना सहभागि रहेको ‘संघ शिक्षा बर्ग’ भनिएको प्रशिक्षणमा भारतीय र नेपाली गरी १६ जना प्रशिक्षकहरुले शारीरिक, सामरिक र बौद्धिक प्रशिक्षण दिएको एक जना स्वयं सेवक रन्ज्ति साहले बताए।
‘नेपाल हाम्रो साझा घर हो त्यसकारण राष्ट्रहित सर्वोपरी हो’ कटुवालले वक्तब्यमा भने, ‘सबै जात, धर्म, बर्ग, समुदाय र भाषभाषिको हित यसैमा निहित छ।’
प्रमुख वक्ताको रुपमा आएका भारतको प्रान्त उत्तरप्रदेशका क्षेत्र प्रचारक शिव नारायणले सनातन हिन्दु धर्म र राष्ट्रहितमा काम गर्न नवप्रशिक्षितहरुलाई आग्रह गरेका थिए भन्दै स्थानिय पत्रकार दिपेन्द्र प्रजापतीले जनाएका छन । यो संघ राजतन्त्र बिरोधी हिन्दुवादी संस्था मानिन्छ ।

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्