Logo
७ बैशाख २०८१, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मोर्चाको सातबुँदे शर्त पुरा गर्न हामि तयार, गठबन्धन थाह छैन, मोर्चा मात्र चिन्छौं’


काठमाण्डौ । हिजो मात्र संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रि केपि शर्मा ओलीलाई लेखेको पत्रको सरकारले जवाफ दिएको छ । 
वार्ताको वातावरण निर्माणका लागि मधेशी मोर्चाले तेस्राएको सातबुँदे शर्तमाथि सरकार सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताएका हुन । 
भक्तपुर स्थित रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राईले मोर्चाले तेस्राएको हरेक जिज्ञासाहरु जायज रहेकाले त्यसको सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
उनले मधेश अन्दोलनको नेतृत्वले सात बुँदे माग राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको भन्दै वार्ताकै माध्यमबाट समस्या समाधान हुने समेत दाबी गरे ।
‘गठबन्धन / सठबन्धन हामिलाई थाह छैन, हामि मोर्चालाई चिन्दछौ, मोर्चा एउटा संसदिय राजनीतिक शक्ति पनि हो ‘ एक पत्रकारले राखेको जिज्ञासाको जवाफमा राइले भने त्यसैले हामि वार्ता पनि मोर्चासग मात्रै गर्नेछौं । 
बजेटमा सबै विषयलाई सम्बोधन गर्न नसकेता पनि श्रमजीबी पत्रकार ऐन लागूका बिषयमा निजि सञ्चार गृहहरुसँग छलफल भईरहेको र सबै सकारात्मक रहेकाले अब छिट्टै यो एन लागू हुने मन्त्री राईले बताए ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्