Logo
४ बैशाख २०८१, मंगलबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसका नेता पौडेलको ठहर

टुका भण्डारी, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् ।

सरकारले भुकम्प पिडित, महङ्गी , भण्टाचारलाई नियन्त्रण गर्न नसकेको आरोप सहित सरकार पूर्ण रुपमा असफल भएको निर्णयमा नेता रामचन्द्र पौडेल पुगेका छन् ।

प्रेस युनियनको राष्ट्रिय भेलालाइ शुक्रबार काठमाडौंमा सम्बोधन गर्दे उनले यस्तो कुरा बताएका हुन् । उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप पनि लगाएका छन् ।

पौडेलले सत्ताका लागि नभएर संविधान कार्यान्वयन र राष्ट्रिय हितका लागि राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिए। उनले राष्ट्रलाई अस्थीरतातर्फ लाने खेल पनि भएको उल्लेख गरे।

उनले सरकारले सार्वजनिक गरेको संबिधान कार्यान्वयको कार्ययोजना एकलौटी भएको भन्दै यसले सहमतिको वातारण बिगार्ने बताए ।

त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्व विना लोकतन्त्र संस्थागत नहुने भएकाले दलहरुबीच सहमति आवश्यक भएको बताए ।

कार्यक्रममा बिभिन्न संस्थामा रहेका महिला सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । भेलामा समग्र पत्रकारिता क्षेत्रको अवस्थाबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्