Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बजारमा नेपाली युवक पक्राउ, नेपाली प्रशासन मौन !


नेपालगञ्ज । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपैडिहास्थित एसएसबी र वन विभागको संयुक्त टोलीले २ सय २० ग्राम यार्सागुम्बासहित एक नेपाली युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो ई–रिक्सामा बसेर नेपालगञ्ज आउँदै गरेका युवकको चेकजाँचका क्रममा सिरकमा शंका लागि च्यातेर हेर्दा रुईमा यार्सागुम्बा फेला परेको बताइएको छ । 
कालिकोट , थिर्पू निवासी अनिल बमबाट बरामद यार्सागुम्बा अन्तर्रा्ष्ट्रिय बजारअनुसार ६१ लाख आंकलन गरिएको एसएसबीका सहायक सेनानायक रविशंकर कुमारले जानकारी दिए । भारतको उत्तराखण्ड, गोपेश्वरमा ढुंगा फोडेर काम गरेका बमले नौ महिनामा कमाई गरेको ७५ हजार रुपैयाबाट साथीको सल्लाहमा यार्सागुम्बा किनेर नेपालगञ्जतिर बिक्री गर्ने सोच बनाएको बयानमा बताएका छन् । 
बरामद यार्सागुम्बासहित युवकलाई आवश्यक कारबाही चलाउन वन विभागको जिम्मा लगाइएको एसएसबीका सहायक सेनानायक रविशंकरले बताए । त्यस्तै, गएको बुधबार राति सीमापारी रुपैडहास्थित एसएसबीले नेपालगञ्ज आउँदैरहेका दुई युवकबाट १५ ग्राम स्म्याक बरामद गरेको छ । 
राति करिब साढे नौ बजेतिर मोटरसाइकलमा आउँदैरहेका नेपाली नागरिक युवकहरुको चेकजाँचका क्रममा स्म्याक बरामद भएको बीओपी सेनानायक रविशंकर कुमारले जानकारी दिए । उनले सुराकीको सूचनाका आधारमा ती युवकलाई पक्राउ गर्न सकिएको बताए । अन्तर्राष्ट्रिय बजारमा प्रति ग्राम भारतीय २० हजारका दरले स्म्याक रहेको छ । 
खानतलाशीमा एक युवकबाट ८ ग्राम र मोटरसाइकलमा ७ ग्राम राखिएको फेला परेको जनाइएको छ । उनीहरुबाट दुई थान महँगो खालका मोबाइल, १८ हजार नेपाली रुपैया, नाइट्राबेट ट्याब्लेटस र मोटरसाइकलको डिक्कीबाट केही परिमाणमा गाँजासमेत बरामद भएको सेनानायक रविशंकरले जानकारी दिए । रुपैडिहास्थित पत्रकार नबी अहमदका अनुसार, दुबै युवक बाँकेको रनियापुर, बठुवा निवासी २१ वर्षका मुनिर अहमद साई र २८ वर्षका सद्दाम हुसैन रहेको एसएसबीले बताएको छ ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्