Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरव पती बिनोद चौधरी क्यालिफोर्नियामा

क्यालिफोर्निया । नेपालका एक अन्तर राष्ट्रिय ख्याती र सम्मान प्राप्त अरव पती तथा चर्चित समाजसेवी बिनोद चौधरी अचानक क्यालिफोर्निया आइपुग्नु भएको समाचार छ । उहाँ कि धर्मपत्नी, एक फिलिपिनो मित्र तथा सानो समूहका साथ उहाँ एक नितान्त निजी भ्रमणमा हुनु हुन्छ ।
उहाँलाई पश्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष, एन ए एन सि का निवर्तमान अध्यक्ष  तथा च्याम्पियन अफ कम्युनिटी सेन्टर उत्तम कार्की तथा एउटा सानो समूहले गत साता स्वागत गरेको थियो। सो अवसरमा नेपाल विश्व सहयोग संघ एन ए जि सि का अध्यक्ष मणी नेपाली पनेरु, नेपाली जनसंपर्क समितीकी उप सभा पती लक्ष्मी चौधरी, नेपाली जन संपर्क समितिका महासचिव हरी भट्ट तथा बिनोद चौधरी सँग एउटै कलेज तथा एउटै कक्षामा पढ्ने दिपक प्रधान पनि सरीक हुनुहुन्थ्यो । सो अवसरमा उहाँको व्यस्त समयको बाबुजुद नेपालीहरुसँग भेट्घाट तथा अन्तरकृया गर्न अनुरोध गरिएको र उहाँको सम्मतिले एक ब्रिहत अन्तर्कृया कार्यक्रम तर्जुमा समेटा हुन लागेको कुरा थाहा भएको छ ।  
यसै विच ०६/१४/२०१६ का दिन पूर्व निर्धारित नलिना चित्रकार म्युजिकल नाइटको प्रमुख अतिथीको रुपमा विश्वको अरबपतीको सूचीमा पर्न सफल नेपालका उधोगपति श्री बिनोद कुमार चौधरी हुनुहुन्थ्यो। सो साङेतिक कार्यक्रम सुरु हुनु भन्दा पहिला NRN NCC Of USA  क्यालिफोर्निया च्याप्टरको  अगुवाइमा उध्योगपती चौधरी सङ्ग भेटघाट तथा लघु अन्तर कृया कार्यक्रम सम्पन्न भएको छ । एन आर एन एन सि सि क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उल्लेख्य सँख्यामा नेपाली संघ सँस्थाका अध्यक्षहरु, कम्युनिटी लिडरहरु तथा युवा, महिला, बुद्दिजिवी, व्यापारी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो । 
  प्रमुख अतिथीको आसन बाट बोल्दै उधोगपति चौधरिले आफ्ना सुरुका संघर्षमय दिनहरुको स्मरण गर्दै सफल हुन दिउँसो सपना देख्ने पर्ने बताउनु भयो । उहाँले सपना देख्ने मात्र होइन त्यसलाई निरन्तर पछ्याइ रहन पर्ने र परीआउने बिघ्न बाधा र समस्यासँग धैर्यता साथ जुध्न पर्ने बताउँदै आफूले नेपालको नाम विश्वमा चिनाउन चाहेको र केही हद सम्म सफल भएको बताउनु भएको छ। त्यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेश रामेछापका  सभापती लब श्री न्यौपानेले पनि बिशेषअथितीको रुपमा बोल्नु भएको थियो ।  
धुर्मुश सुनत्ली फाउन्डेसनको सहयोगार्थ गरिएको सो कार्यक्रमको आयोजक श्री इन्डियन कुजिनका संचालक द्वय कमल कंडेल तथा बिष्णु रिजालले चौधरिको भावपूर्ण स्वागत गर्नु भएको थियो। नेपालकी ख्याती प्राप्त गायीका  नलीना चित्राकारले प्रस्तुत गर्नुभएको सांगीतिक साझ भब्य रुपमा सफल भएको थियो । धुर्मुश सुन्तली फाउन्डेसनको लागि ७०० डलर उठेको र सो को हस्तानन्त्रण प्रत्यक्ष धुर्मुश सुन्तली लाई नै गर्ने कार्यक्रम सँयोजक तथा श्री इन्डियन कुजिन का संचालक कमल कंडेल ले बताउनु भयो ।   भर्खरै प्राप्त समाचार अनुसार उध्योगपती बिनोद चौधरी सँग यही शुक्रबार जुन १७, २०१६ का दिन सान प्रान्सिस्को मा एक स्वागत तथा  ब्रिहत अन्तरकृया कार्यक्रमको आयोजना गरिँदै छ ।
एन आर एन क्यालिफोर्निया च्याप्टर, नेपाली कम्युनिटी सेन्टर, जनसंपर्क समिती नर्दन क्यालिफोर्निया च्याप्टर,नेपाली असो सियसन अफ नर्दन क्यालिफोर्निया  पश्चिम अमेरिका नेपाली महा संघ, नेपाल विश्व स हयोग संघ तथा व्हाइट जोन लगायत यस क्षेत्रमा सकृय प्रभावशाली संस्थाहरुको संयुक्त आयोजनामा हुने सो कार्यक्रम को व्यवस्थापना गर्न यस नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष तथा सम्मानित समाज सेवी उत्तम कार्किलाई दि ईेको छ ।
यस कार्यक्रमलाई फलदायी र प्रभावकारी ब नाउन हिजो जुन १५, २०१६ का दिन सहभागी संस्थाहरु बिच कन्फेरेन्स कल मार्फत ब्यापक छलफल भएको  छ । आयोजक सं संस्था हरुको तर्फबाट व्यवस्थापक उत्तम कार्की ले  सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्न  यस क्षेत्रमा रहने सम्पूर्णलाई आव्हान गरेको कुरा थाहा भएको छ । 

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्