Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रबासी सेवा समाज कतारद्धारा सहयोग रकम हस्तान्तरण

सिताराम थापा दोहा, कतार । सर्लाही प्रबासी सेवा समाज कतारले बिबिध क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरेको छ । जुन १६ तारिकका दिन बेलुका दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा कतारमा रहनु भएका  संचारकर्मीहरुको उपस्थितिमा भिन्दाभिन्दै तीन क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरेको हो।

एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तानले थाल्नु भएको सामाजिक सांगीतिक अभियानलाई सहयोग गर्दै यस सस्थाले गत जुन ३ मा दोहाको सालिमार पार्टी प्यालेसमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।


उक्त कार्यक्रममा संकलित भएको रकम मध्ये एक लाख पैतिस हजार नेपाली रुपैया  एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा  र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तान मार्फत हस्तान्तरण गरिएको छ ।


सोहि कार्यक्रममै  सर्लाही जिल्ला ढुङ्ग्रे खोला गाबिस निबासी मृगौला पिडित रत्न बज्र थोकरलाइ उपचारार्थ सहयोग स्वरूप पन्ध्र हजार नेपाली रुपैया राम मण्डल थिंङ मार्फत र हरीऔंन नगर पालिका वार्ड नम्बर ३ निबासी  ब्लंड क्यान्सर पिडित कान्छी माया मोक्तानलाइ पनि उपचारार्थ सहयोग स्वरूप  पन्ध्र हजार नेपाली रुपैया राजेश भुजेल मार्फत हस्तान्तरण  गरिएको छ।


उक्त कार्यक्रममा सस्थाका अध्यक्ष पेम्बा घलानको अध्यक्षता, राजेश भुजेलको प्रमुख आतिथ्यता तथा गायक हेमन मोक्तान र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको बिशेष  आतिथ्यता रहेको थियो ।


सस्थाका महासचिब सुजन बडालले संचालन गर्नु भएको सो कार्यक्रममा पत्रकार, बुद्धिजिबी, संघ सस्थाका प्रतिनिधि तथा सर्लाही प्रबासी सेवा समाजका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति  थियो भने   जुन ३ मा सम्पन्न सास्कृतिक कार्यक्रममा  संयोजकको भूमिका निर्बाह गरि कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउनुहुने सस्थाका सल्लाहकार राम इन्दल थिङ्लाई सम्मान पत्रबाट सम्मानित पनि गरिएको थियो।


२००८ सालमा कतारमा स्थापना भएको तर केहि लामो वर्ष सम्म सुसुप्त अबस्थामा रहेको यो सर्लाही प्रबासी सेवा समाज कतार अहिले नया कार्य समितिको पुनर्गठन संगसगै बिबिध सामाजिक गतिविधिका साथ् अघि बढी रहेको छ  !

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्