बलात्कार गर्न सघाउने फरार महिला प्रहरीको पन्जामा
ओखलढुंगा । ओखलढुगांमा बलात्कार गर्न परिबन्द मिलाएको अभियोगमा एक वर्ष कैद सजाय तोकिएकी फरार एक महिलालाई डेढ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले ओखलढुंगाको रावादोलु गाविस ८ की विष्णूमाया कार्कीलाई घरबाटै पक्राउ गरेको हो ।
एक युवतीलाई बलात्कार गर्न परिबन्द मिलाएको आरोपमा कार्कीलाई रामेछाप जिल्ला अदालतले ०७१ मघ २५ गते एक वर्ष कैद सजाय तोकेको थियो ।
अदालतको सो फैसलापछि फरार भनिएकी कार्कीलाई ओखलढुंगा प्रहरीले घरबाटै असार ३२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले बताउनुभयो ।
उनलाई ओखलढुंगा जिल्ला अदालतको आदेशले कारागार चलान गरिसकेको बुझिएको छ ।