Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा तनाशाही शैलीको “पुलिसगिरी”, समाजिक संजालमा भाइरल


काठमाडौं । माथि फोटोमा देखिएको तस्विर यतिबेला समाजिक संजालमा भाइरल बनेको छ । बिराटनगर स्थित ट्राफिक प्रहरीले जरिवाना शुल्क बढाएको विरोध भइरहेको बेलामा शुक्रबार साँझसाँझै एक ड्युटीका ट्राफिक जवानले कानुनै हातमा लिएर गरीब श्रमिकमाथि आतंक मचाएको फोटो र समाचार प्रकाशित भएपछि यो बिषय भाइरल बनेको हो । 
डिसिनेपाल डटकममा फोटोसहित प्रकाशित समाचार अनुसार विराटनगरको मेनरोडस्थित अति नै व्यस्त चोक जलजला चोकमा बेलुका ५ बजे एक रिक्सा चालकलाई फिल्मीशैलीमा हिरोले गुन्डालाई कुटे जस्तै गरी कुटपिट गरेका छन् ।
उक्त समाचारको तत्काल आधिकारिक पुष्टी गर्न नसकिएतापनि समाचारसँगै प्रकाशित चारवटा फोटोहरुमा उक्त जवानले आफ्नो टोप बाँया हातले समातेरै रिक्सा चालकको काँधसम्म खुट्टा पुग्ने गरी लात्तीले हानेको देखिन्छ । बाटोमा मोटरसाइकल चालक र बटुवाकहरु मुकदर्शक बन्नुपरेको पनि देखिन्छ ।
सडक जामका कारण ट्राफिकले सिठी बजाउँदा सडक खाली नभएपछि रिसले आक्रोश बनेका ट्राफिकले एक रिक्सा चालकलाई निर्घात कुटपिट गर्दै आफ्नो रिस शान्त पारको समाचारमा उल्लेख छ । समाचारमा भनिएको छ, नियम विपरीत सवारी चलाए चलाकलाई कानुनी कारवाही गर्ने अधिकारी ट्राफिक प्रहरीलाई दिए पनि कसैलाई कुटपिट गर्ने अधिकार भने कसैलाई छैन ।

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्