Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसलाई पुनःसंरचना गर्नुपर्ने तर्क, ‘आरक्षणका नाममा मात्र मधेशका उच्च वर्गीय’

काठमाडौं । मधेसकेन्द्रित दलले आफ्ना राजनीतिक आन्दोलन जारी राखेका बेला सामाजिक रूपमा मधेसलाई पुनःसंरचना गर्नुपर्ने माग उठ्न थालेको छ । 
राज्यको शासन प्रणालीमा मधेसीको सहभागिताका लागि राज्यले आरक्षणलगायत व्यवस्था गरिए पनि त्यसमा मधेसका उच्च वर्गीय भनिएका (ब्राह्मण, कायस्थ, भूमियार, राजपुत) अन्तर्गत जातका मधेसीले मात्र अवसर लिने गरिएको वक्ताले आरोप लगाए । 
शनिबार राजधानीस्थित चौरासी व्यञ्जनमा आयोजित एक अन्तरक्रियामा वक्ताले अधिकार र सहभागिताका सवालमा मधेसभित्रै पुनःसंरचना आवश्यक रहेको तर्क गरे । मधेसी नागरिक समाजले आयोजना गरेको उक्त अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पारस यादवले मधेसका उच्च वर्गीय जातकाले अन्य जातलाई शिक्षामै अगाडि बढ्न नदिएको आरोप लगाए ।
‘एक्सपेल्ड, फेल, आदिका नाममा मात्र उच्च जातका बाहेका मधेसी टार्गेट हुने गरिएको एउटा प्रतिवेदनमा उल्लेख छ, त्यसैले शिक्षामै अन्य जातलाई कमजोर बनाउने कार्य भएको छ,’ यादवले भने छुवाछुत आदि हल्लासमेत उपल्ला जातकाले फैलाएर मधेसलाई सिंगो राष्ट्रसमक्ष कमजोर बनाउने कार्य हँुदै आएको छ । 
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट श्याम महतोले पैतृक सम्पत्तिका आधारमा उच्च जातका भनिएकाहरू कमजोर भए पनि विभिन्न जालझेल गरेर सुखी एवं सम्पन्न समुदायमाथि उल्टै उनीहरूले नै शासन गरेको आरोप लगाए । ‘धन/दौलतको हिसाबमा अन्य जातकाहरू कमजोर छन्, भन्ने छैन तर उनीहरू नै शोषित, अपहेलित छन्,’ उनले भने, ‘मधेसीअन्तर्गतसमेत विभिन्न कलस्टर रहेका छन्, उच्च जात, पिछडिएका जात र अति पिछडिएका (दुसाद, मुसहर, डोम, चमार) जात, त्यसैले यिनीहरूको उत्थानका लागि भनिएका आरक्षणमा समेत यसै कलस्टरलाई आधार मनिनुपर्छ ।’ 
मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डलले कुनै पनि उपलब्धिमा समेत जातको तथ्यांकलाई आधार मानिनुपर्ने बताए । ‘उच्च जातका भनिएकाहरूको जनसंख्या जम्मा २ देखि, साढे २ लाखको हराहारीमा छ तर सिंगो मधेसमा राजनीतिक, सामाजिकदेखि सरकारी सेवामा समेत मधेसीका नाममा मात्र उच्च वर्गका हरूको उपस्थिति छ उनले भने, ‘धेरै टाढा जानै पर्दैन, आसन्न तमलोपाको महाधिवेशनमा अहिले चलिरहेको भनिएको ‘क्षमायाचना अभियान’ को प्रभाव परोस, नयाँ केन्द्रीय कार्यसमितिमा पिछडा वर्गदेखि डोम, चमार, दुसाद मुसहरलगायत अति पिछडिएका जातका नेता पनि समेटियोस् यो नै आजको आवश्यकता हो ।’ 
कार्यक्रममा पत्रकार वीरेन्द्र केएमले यस्तै समस्या समाधानका लागि भनिएका पछिल्लो क्षमायाचना अभियान एनजिओ केन्द्रित नभई साँच्चै परिवर्तन केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘क्षमायाचना अभियान आफैँमा नराम्रो होइन,’ उनले भने, ‘तर त्यो व्यक्ति जो हिजो मधेसमा यस्तो समस्यालाई स्वीकार नै गर्दैनथे, आज उनै केही सीमित व्यक्ति यसका नममा ‘अभियन्ता’ बनेका छन, चिया खाँदै फोटो खिचाउँदै अनि सामाजिक सञ्जालमा हाल्दै गरेका छन्, यसबाट मात्र समस्या समाधान होलाजस्तो लाग्दैन, मधेसका नाममा राजनीतिक, सामाजिकसहित विभिन्न स्टेकहोल्डर रहेका छन्, सबैको साझा धारणा बनोस् र प्रभाकारी ढंगबाट साझा मधेस पुनःसंरचान अभियान सुरु होस् ।’ 
पत्रकार दिनेश यादवले मधेसका नाममा समस्या देखाएर एनजिओको खेती गरिएको बताए । ‘पहिले मिसन ए मधेस’ मार्फत प्राप्त डलरले भकारी भरे पछि ‘मिसन ए महासिल्पी समुदाय’ र ‘मिसन ए मिथिला’ एकै साथ शुरु गरेका छन्,’ उनले भने, ‘तिनले यसलाई आफ्नो खुबी भनेर प्रचार गराइरहेका छन् । एक्सन एडको डलर पाएपछि बल्ल मधेसका कथित अभियन्ताहरूले त्यहाँका महा–सिल्पी समुदायबारे गीत फुराउँदा रहेछन्, यो आफैँमा स्वार्थकेन्द्रित अभियान हो ।’ 
कार्यक्रममा डा. विनाय पञ्जियार, विजय महतो, डा. ललन चौधरी, कौशलकिशोर सिंह, सत्तो सदा, सुभास साह, परमनाथ यादव, अफरोज आलमलगायतले मधेसीको नाममा अधिकार माग्नुभन्दा पनि मधेसलाई जातीय संख्याका आधारमा उपलब्धिलाई समेत बाँडेर पुनःसंरचना गर्नुपर्नेमा जोड दिए । # कमाण्डर पोष्टबाट

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्