Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एटलांटा एएनए सम्मेलनमा यस्ता फोरमहरु संचालन हुने

विजय थापा ,वाशिंगटन डिसी l हरेक बर्ष अमेरिको स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा लामो समय देखि सम्मेलन गर्दै आएको दि एसोसीएसन् अफ नेपलिज इन अमेरिकाले बिभिन्न  फोरम(संगोष्ठी)हरुको आयोजना गर्ने मिति तथा तिथि तय गरेको छ l
आगामी जुलाई १ देखि ४ सम्म चल्ने सम्मेलनमा नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा ,संचारकर्मी भुषण दाहाल ,राजनैतिक समीक्षक ,पत्रकार  प्राध्यापक जय निशान्त ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेल तथा नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी वक्ताको रुपमा प्रस्तुत हुने भएका छन् l नेपाल फोरम कार्यक्रम संचालन एएनएका अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने छन् l
यसै गरि अमेरिकाको मुलधारको राजनीतिमा नेपाली मुलकाको उम्मेदवारी तथा सहभागिता बिषयमा पनि मंच तय भएको छ l यसका बिगतमा अमेरिकन संसदको लागि उम्मेदवार दिई सकेका वक्ताहरुमा जर्जिया कि डा अमृता रेग्मी ,म्यारिल्याण्ड बाल्टिमोर क्षेत्रका एचबि भण्डारी तथा क्यालिफोर्नियामा लामो समय देखि बस्दै एक तथा हाल एनएनएका अध्यक्ष रोजर अधिकारी समेत रहने भएका छन् l
कार्यक्रम जुलाई २ तारिख हुने छ भने कार्यक्रम संचालन एनआरएन अन्तर्राष्ट्रियका पुर्व प्रमुख संरक्षक डा प्राध्यापक अम्बिका अधिकारीले गर्ने भएका छन् l बिगतमा उठेका उम्मेदवारहरुले आफ्ना विचार तथा अनुभव हिस्सा गर्ने छन् l
यसै गरि जुलाई ३ तारिखको दिन अमेरिकामा नेपालीमा एकता भन्ने मंच को तयारी गरिने भएको छ l यस मंचको लागि नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट ,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष संजय थापा तथा फिप्नाका अध्यक्ष लुई साङ्ग वाईबा वक्ता हुने छन् l
यी वक्ताहरुले र यो गोष्ठीको मुख्य उदेस्य फरक राजनैतिक विचार ,जाति बिबिधता तथा अन्य वस्तुमा फरक मत भएता पनि कसरि नेपाली समुदायलाई एकतामा ल्याउन सकिने छ भन्ने बिषयमा छलफल गर्ने र विचार राख्ने छन् l
यसै गरि नेपालका ख्याती प्राप्त कार्यक्रम प्रस्तोता तथा फायर साईटका संचालक भुषण दाहालले नेपालबाट अमेरिकाका सफलताका परिवर्तन बारेमा संगोष्टि गर्ने भएका छन्  l
उक्त मंच जुलाई ३ तारिखमामा हुने छ भने कार्यक्रम प्रस्तोता भुषण दाहाल रहने छन् भने वक्ताहरुमा संजय मलहोत्रा ,दिपक पहारी ,मदन गोर्खाली तथा ऋषि ढकाल रहने भएका छन् l सबै वक्ताहरुले आफ्ना सफलताका कथा तथा उत्प्रेरणा सुनाउने भएका छन् l
यसै गरि जुलाई ३ तारिख नै अमेरिकामा आर्थिक सुरक्षा प्राप्ति बिषयमा छलफल गरिने मंच तय भएको छ l उक्त कार्यक्रम रबि कुमार नेपालले संचालन अग्रने छन् भने वक्ताहरुमा टेक्सासका ब्यबसायी तथा समाजसेवी अन्जन श्रेष्ठ ,एनआरएन अमेरिकाकि उपाध्यक्ष रबिना थापा तथा स्वयम् एएनए का अध्यक्ष रोजर अधिकारी रहने छन् l
वक्ताहरुले धितोपत्र ,साझाकोश , ४०१ के ,अन्तरिक राजस्व ,बैयक्तित अवकास  व्यवस्थापन आदि ईत्यादी बिषयमा प्रकाश पर्ने छन् l
र मन त मेरो नेपाली नै हो भन्ने मंच जुलाई ३ तारिखमा हुने र कार्यक्रम संचालन अनुप श्रीवास्तबले गर्ने भएका छन् l वक्ताहरुमा डा संजिव सापकोटा ,डा सन्तोष सापकोटा ,कृष्ण लामिछाने ,जनार्दन सुबेदी ,डा बिनय शाह ,एएनएमएफ ,एनएसटि ,बिनय तारा फाउनडेसन ,शारदा थापा ,नताशा ओजनियक तथा एनबि टन्डन हुने छन् l 
यी वक्ताहरुले भूकम्प ,दशक देखि नेपालमा रहेका परियोजना ,स्वास्थ्य क्षेत्र तथा अनेक बिषयमा कुराहरु छलफल गर्ने भएको जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् l

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्