Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरीका ठुला हाकिमको यस्तो नालिबेली, खनाल, थापा, केसी, पुनको राम्रै चर्चा !

काठमाडौँ । एकै दर्जाका र समान हैसियतमा गण हाँकेर काठमाडौँ छिर्नासाथ डिआइजी पुष्पराम केसी र शैलेन्द्र खनालको बाटो फरक देखियो । हिजोका दिनमा कोषराज वन्त आइजिपी बन्दा एकदम हितैसी ठानिएका यिनै दुई थिए ।
उनी मध्येका खनाल मध्यमाञ्चल अञ्चल र केसी पूर्वाञ्चलमा थिए । त्यो बेला पुराना डिआइजीलाई बढुवा नगरी नयाँ टिमका शैलेन्द्र खनाल, नारायणबाबु थापा, पुष्पराम केसी, जीतबहादुर पुनको राम्रै चर्चा थियो । तर, बढुवा पुरानैलाई गरियो । कार्यलयको कामलाई प्रवाह नगर्ने प्रकाश ओझा पनि एआइजी भए । त्यसो त केसी तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसँग चीनको भ्रमणसमेत गरेका थिए ।
संगठनको प्रतिस्पर्धात्मक स्थितिमा सबैले आपूmलाई अब्बल दर्जा नै बताउछन् ।  तर, कार्यक्षमता र संगठनमा भएको रिपोर्टले बढुवाका बेला काम गर्छ । यस पटक बढुवा समितिले जीतबहादुर पुन र शैलेन्द्र खनाललाई एआइजीमा बढुवा गर्ने निर्णय ग¥यो । दाङमा रहँदा आफैँ हतियार फालेर भागेको कारण कोर्टमार्शलमा परेका उत्तम खड्का पुनरावलोकन समिति हुँदै सर्वोच्चसम्म पुगे ।
उनलाई साथ दिए डिआइजी पुष्पराम केसीले । दुई डिआइजीको बढुवा रोक्न सर्वोच्चसमेत पुगेका केसी र खड्का अन्ततः अदालतबाट पनि थन्किए । सशस्त्रका दुई एआइजी पदमा खनाल र पुनको बढुवा पक्कापक्की भयो ।
त्यो त पुनको अवकास मिति नजिकिएको छ । उनको स्थान सुरक्षित गर्न डिआइजी नारायणबाबु थापा कस्सिएका छन् । खनाल आइजीपी दुर्जकुमार राई पछिको आइजिपीको दाबेदार हुन् । खनाल आफ्नो स्वार्थको लागि जसो पनि जान्ने प्रहरी अधिकृतमा गनिन्छन् । सशस्त्र र नेपाल प्रहरी हाक्ने जिम्मा माओवादी केन्द्रका शक्ति बस्नेतलाई छ । उनी गृह मन्त्री त हुन् ।
तर शसस्त्र प्रहरी र नेपाल प्रहरीमा उनको पनि खासै चल्दैन् , प्रहरीका ठुला हाकिमले सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसगँ सम्बन्ध बिस्तार गरेकाछन् । प्रहरीमा रहँदासम्म काँग्रेस काँग्रेस भनिएका तत्कालिन आइजिपी रवीन्द्रप्रताप शाह अवकाशपछि एकाएक माओवादीको सभासद् बन्दा सबै छक्क परेका घटना पनि हामी सामु छलङ्ग नै छन् । 

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्