Logo
६ बैशाख २०८१, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतो र राजकिशोर यादवसगँ प्रम ओलीको टेलिफोन वार्ता, तर के भयो कुराकानी ?

काठमाडौं । तमलोपा महाधिवेशन लगतै आन्दोलनरत सघिय गठबन्धन फूट्ने हल्ला चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २ जना मधेशी नेतासगं टेलीफोन संवाद गरेका छन । प्रम ओलीले मधेशी मोर्चाका माग वार्ताबाटै सम्बोधन गर्न सकिने भन्दै मोर्चाका नेताहरुलाई वार्तामा आउन आग्रह गरेका हुन । 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन । 
सद्भावना पार्टीका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले अनौपचारिक छलफलका लागि आउन आग्रह गरेको उक्त पार्टीका एक नेताले बताए । 
प्रधानमन्त्रीसँग केकस्ता विषयमा वार्ता गर्ने भन्नेमा पार्टीका केही शीर्ष नेतासँग अनौपचारिक परामर्शसमेत गरेका थिए । महतोले प्रधानमन्त्रीले वार्तामा आउन आग्रह गरे पनि त्यसको औचित्य नरहेको बताए ।
महतोले भने, ‘मोर्चाले पठाएको सातबुँदे माग कार्यान्वयन गर्ने वातावरण नबनेसम्म भेटदिँन । प्रधानमन्त्रीलाई मोर्चाका सबै नेताले भेट्न पाउनुपर्छ । एक्लाएको भेट्नुको औचित्य छैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्