Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दशकपछि दिल्लीबाट नेपाली अपराधी पक्राउ, बलात्कार र हत्या अभियोगी हुन बुढाथोकी

बर्दिबास । शृङ्खलाबद्धरुपमा ६ महिलाको बलात्कार गरी हत्या गरेको आरोपमा एक आरोपीलाई प्रहरीले दुई दशकपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा बराको डुमरबन्ना खोर गाउँका ४५ बर्षीय प्रेम भनिने मानबहादुर बुढाथोकी रहेको छ ।
बुढाथोकीले विवाह गरी लुकिछिपी भारतको दिल्लीमा बस्दै आएका थिए । उनलाई पक्राउ गरी आज इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी ल्याइएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएपी शालिग्राम शर्माले आरोपित मानबहादुर बुढाथोकीले ६ जना महिलाको हत्या गरेको बताए ।
बुढाथोकीले श्रृंखलाबद्ध अपराध गर्दा २५ बर्षका थिए । बुढाथोकी ढल्केवरमा एक होटल संचालन गर्थे । यौन तृष्ण मेटाउन उनी जंगल र एकान्त कुना चहार्ने गर्थे । महिला र युवती यिनले देख्नै नहुने, बालात्कार गरिहाल्ने प्रहरीको भनाई छ । अधिकतर घटनाहरु महोत्तरी र धनुषाका छन् । ती घटना २०५२ र २०५३ बीच भएका छन् ।
२०५३ बर्दिबासमा २० बर्षअघि बोल्न नसक्ने युवतीको बालात्कार गरि हत्या गरेको घटना अनुसन्धानको क्रममा बुढाथोकीको श्रृंखलाबद्ध अपराधको खुलासा भएको थियो । बर्दिबास प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी नायव उपरिक्षक शर्मा आएपछि बर्दिबासकी एक बोल्नसक्ने युवतीको बालत्कार गरि हत्या भएको २० बर्षअघिको जघन्य अपराधका फाइल पल्टाएका थिए । 
उनलाई म्याद थपको लागि सोमबारै जिल्ला अदालत महोत्तरी पठाइएको छ । बुढाथोकीलाई नेपाल प्रहरीको सिआइबी, इन्टरपोल र भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएको हो । हुनतः एउटा घटनामा आरोपी बुढाथोकी २०५३ पछि पनि पक्राउ परेका थिए ।
त्यतिबेला उनले महोत्तरीको जलेश्वर कारागारमा २ बर्ष कैदीबन्दीको रुपमा रहे । पछि त्यही घटनामा जलेश्वर कारागारबाट ठाउँसारी गरि उनलाई सेन्ट्रल जेल पठाएकोमा २०६२ सालमा छुटेका थिए । उनी केन्द्र जेलमा नाइके समेत बने । विभिन्न दिवसको नाममा हुने कैद मिनहामा आरोपी बुढाथोकी सिफारीसमा परे । त्यसपछि उनलाई कैद मिनहा गरी उनी जेलबाट छुटे ।
मानबहादुरमाथि लागेको आरोप 

घटना १
महोत्तरीको बर्दिबासकी एक बोल्न नसक्ने एक १७—१८ बर्षकी युवती २०५३ साल अषाढ ११ गते बर्दिबासकै छिमेकी गाउँ माइस्थानस्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गाई चराउन गएकी महिलालाई यता आउ भने फकाएर बोलाए । नजिक आउँदा लछारपछार गरी निबस्त्र बनाएर करणी गरेको बुढाथोकीमाथि अभियोग छ । त्यसपछि युवतीको दुवै हातले घाँटी थिचेर हत्या गरेको प्रहरीको मिसिलमा उल्लेख गरिएको छ ।
घटना २
महोत्तरीको छिमेकी जिल्ला धनुषाको बेंगाडाबर बहडीबजारमा २०५२ साल फाल्गुणमा बजार किनमेल गर्न आएकी महिलालाई बलात्कार गरि हत्या गरे । बजारबाट किनमेल गरेर झोला बोकी घर फर्किरहेकी महिलालाई अरोपी बुढाथोकीले म झोला बोकिदिन्छु भन्दै महिलासंग झोला मागे । तर ती महिलाले झोला आफै बोक्छु भनी आरोपित बुढाथोकीलाई दिएनन् । त्यसपछि झोला खोसेर लाछारपछार गरि बालात्कार गरि ती महिलाको बुढाथोकीले हत्या गरेको प्रहरी जनाएको छ ।
घटना ३
धनुषाको ढल्केबर पानी ट्यांकी नजिकै बाख्रा चढाएर फर्किदै गरेकी १७—१८ बर्षीय युवतीलाई पनि बुढाथोकीले बालात्कार गरे । पछि ती युवतीको पनि बुढाथोकीले हत्या गरेको प्रहरीको भनाई छ ।
घटना ४
धनुषा जिल्लाको पूर्वी नर्सरी छेउमा एक ६०—६५ बर्षकी वृद्धको हत्या गरेको आरोप छ । यि वृद्धको बालात्कार गर्न नदिएको न्यूमै हत्या भएको हुन सक्ने प्रहरीको भनाई छ । पक्राउ परेकोले थप कुरा खुल्ने प्रहरीले बनाएको छ ।
घटना ५
२०५३ साल जेष्ठमा धनुषा जिल्लामै एक युवतीलाई बालात्कार गर्ने प्रयास आरोपित बोढाथोकीले गरेका थिए । पछि युवतीले गुहार मागेपछि बुढाथोकीले हत्या गरेको व्यान मिसिलमा उल्लेख छ ।
घटना ६
२०—२१ साउन २०५३ सालको कुरा हो आरोपी बुढाथोकीले धनुषा जिल्लाको बडहरी खोलाको सय पत्रे स्थित च्यांन डाँडा भन्ने जंगलमा एक युवतीलाई बालात्कार गरेको प्रहरीले जनाएको छ । पछि ती युवतीको पनि बुढाथोकीले हत्या गरेको कुरा मिसिलमा उल्लेख गरेको छ ।
घटना ७
महोत्तरीको माइस्थान जंगलमा वन पाले बस्ने स्थानको छेउ करीब २५ बर्षीय महिलालाई ढुङ्गले टाउकोमा हाने । कन्चटबाट रगत बगेको थियो । त्यपछि उनको मृत्यू भए भएन भन्ने कुरा मिसिलमा उल्लेख छैन । यि माथि उल्लेखित घटना विवरणको अनुसन्धानमा आरोपित बनेका बुढाथोकीको संलगनता रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । पत्रकार राजकरण महतोको सहयोगमा 

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्