Logo
१९ बैशाख २०८१, बुधबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशीमा पानीको बहाव बढ्दो, ५६ मध्ये २० ढोका खोलीए

उमेशराज मेहता , सुनसरी । पूर्वमा रातिदेखी परेको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । 
ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ । अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्ने प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।
त्यसैगरी सुनसरीको दसक्षणवर्ती गाविसहरु ठुवानमा परेको छ । इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउँमा पस्दा स्थानीय प्रभावित बनेका छन् । 
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढी नियन्त्रणको प्रयास गरिरहेका छन् । लगातारको वर्षातको कारण बाढी नियन्त्रणमा समस्या आइरहेको छ ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्