Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा बाढी: इटहरी जलमग्न, दर्जनौं घर डुबानमा


सुनसरी । सोमवार रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले सुनसरीको इटहरी सहित कयौं काग डुबानमा परेको छ ।  तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा दर्जनौं घर डुबानमा परेका हुन् । 
इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो । इटहरीको चारवटा वडासँगै पुरै उपमहानगरपालिका क्षेत्रका वस्तीमा असर पुगेको छ । प्लटिङ् गरेर नयाँ वस्ती भएका ठाउँहरु पुरै डुबानमा परेका छन् । जग्गा कारोबारी गर्नेले मनोमानी ढंगले जग्गा बिक्री गरेर वस्ती बसेकाले गर्दा डुबान भएको हो।
मानव वस्तीमा बिहान ६ बजे पसेको पानी नियन्त्रण गर्नका लागि सेना, सशस्त्र र जनपथ प्रहरीको टोली खटिएको  छ । टोलीले बोरामा बालुवा, गिट्टी भरेर नियन्त्रणको काम गरिरहेका छन् । करिब १५ मिटर कटान गरि मानव वस्तीमा प्रवेश गरेको बाढी नियन्त्रण अझै पूर्ण रुपमा आइ सकेको छैन् । 
 कटान गरेको बाढी नियन्त्रणमा आएपनि पुनः बाढी बढ्नासाथ कटान हुने सम्भावना गर्दा इटहरीको वडा नं. ७, ८, ९ र १० का बासीन्दा त्राहीमाम भएका छन् । ‘आज कटान गरेको ठाउँबाहेक अन्यत्र पनि कटान गर्ने सम्भावना छ,’ वडा नं. ७ को एकता टोल बिकास संस्था अध्यक्ष बोधनाथ सुवेदीले भने, ‘अब बाढी आउने वित्तिकै के हुने टुंगो नहुने भो ।’

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्