Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शव छिट्टो ल्याइदिन अफगानमा मारिएका जितेन्द्र सिंह थापा परिवारको गुहार !


बुटवल । अफ्गानीस्तानको काबुलमा बम आक्रमणमा परि मृत्यू भएका जितेन्द्र सिंह थापाको बुटवल १३ देवीनगर स्थित बिजयपथमा रहेको घरमा शोक छाएको छ । 
पछिल्लो पटक ४ महिना अघि अफ्गानस्तान पुगेका थापाको परिवार र छरछिमेक समेत शोकाकुल बनेको छ । घटना अघि अस्ति ५ गते साँझ बुवासँग कुराकानी भएको छोरा बिमल थापाले बताए ।
मृतक थापाका परिवारले छिट्टो मृतकको शव नेपाल ल्याइदिन तथा बुटवलमै दाहसंस्कार गर्ने बातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन । 
साथै मृतकका परिवारले पाउनु पर्ने बिमा र क्षतिपुर्ति रकम पनि यथासिघ्र मिलाउन उनिहरुले सरकारसँग माग गरेका छन । 
परिवारमा स्व. थापाकी पत्नी ३९ बर्षिया श्रीमती गौमती थापा, छोराहरु १९ बर्षका मनिष थापा र १८ बर्षिय बिमल थापा रहेका छन । 
१७ बर्षको उमेरमा भारतिय सेनामा भर्ति भै १७ बर्ष जागिर गरेपछि पेन्सन निस्केका थापा यसअघि पनि पटक पटक अफगानस्थान पुगेका थिए । 
पाल्पा छेर्लुङ्ग पुख्र्यौली घर भएका स्व. थापा पेन्सन निस्कना साथ पहिलो पटक ईराक पुगेका थिए भने त्यसपछि ७ बर्षसम्म अफ्गानस्थान बसेर काम गरिसकेका ब्यक्ति हुन । पत्रकार हरिश ढकालको सहयोगमा

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्