Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकाएक सुर्खेतमा लगेर भारतिय भएकै कारण नेपाल प्रहरीले कुटेको भन्दै विदेश मन्त्रालयमा निबेदन

काठमाडौं । भारतका तिर्थ यात्रीहरु कैलाशमान सरोवर यात्रा गरेर भारत फकर्ने क्रममा सुर्खेत विमानस्थलमा आफ्ना नागरिकको अपमान भएको भन्दै विदेश मन्त्रालयको ध्यान आर्कषण भएको खबर छ ।

यात्रा सकिएको केहि दिन पछिमात्र घटना छताछुल्ल भएको हो ।  भारतीय यात्रु र नेपाल प्रहरी क्षबीच हात हाला हालसमेत भएको खबर प्राप्त भएकोे छ । केही दिन अगाडि सुर्खेतको विमानस्थलमा भारतको यात्रुलाई नेपालका प्रहरीले अपशब्द बोली हात हाल्नेसम्मको अभद्रो व्यवहार भएको भन्दै भारतको विदेश मन्त्रालय तातेको हो ।

के कति कारणले यो भएको हो भन्दै भारतीय विदेश मन्त्रालयले गम्भीर आपत्ति समेत जनाएको छ । कैलाशमान सरोवर यात्राको क्रममा नेपालगञ्ज हुदैँ भारत जाने भनिएका ती भारतीय यात्रुहरुलाई एकाएक सुर्खेत विमानस्थल लगिएपछि दोहोरो भनाभन भएको थियो ।

दोहोरो भनाभन चर्किएपछि नेपाल प्रहरीले भारतीय यात्रुहरुलाई लाठी चार्ज गरेको खबर भारतबाट प्रकाशित जागरण दैनिकले समाचार छापेपछि भारतीय विदेश मन्त्रालयमा खैलाबैला मच्चिएको हो ।

विदेश मन्त्री सुष्मा स्वराजले घटनाको सत्य तथ्य बुझि अपराधिक क्रियाकलापमा संलग्न प्रहरीलाई कारबाही गर्न भन्दै नेपाललाई एक पत्र समेत पठाएकी छन् । उक्त घटनामा संलग्नलाई कडा कारवाही होस् पत्रमा भनिएको छ ।

विदेश मन्त्रीका पिए सतीस गुप्ताका अनुसार यात्रामा रहेका नेतृत्व दलका सदस्य आर्चाय मृदुल कान्त शास्त्रीसँग वार्ता भएपछि यी घटना बाहिर आएको हो ।

गत असार ३ गते मानसरोवर आयोजित श्री भागवत कथामा सहभागी भई सो समूह भारत फकर्ने क्रममा नेपालको गोमा एयरलाइन्सबाट नेपालगञ्ज हुँदै जाने यात्राको तय भएको थियो ।

तर हवाई जहाजले एकाएक सुर्खेत पु¥याएपछि दुई समूह बीच गाली गौलज हुँदै झडप समेत भएको भारतीय संचार माध्यमले जनाएको छ  । प्रहरीले सो समयमा लाठी चार्ज गर्दा ४ महिला सहित ६ जना घाइते भएका थिए ।

दुई पक्षको सहमतिमा तत्काल संचार माध्यममा जाने कुरा रोकिए पनि ती भारतीय यात्रुहरु आफ्नो गन्तव्य स्थल पुगिसकेपछि परराष्ट्र मन्त्रालय मार्फत न्याय पाऊ भनि कानुनी प्रक्रिया अगाडि बढाएका हुन् । 

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्