Logo
१३ बैशाख २०८१, बिहीबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामचन्द्र पौडेल बोल्दाबोल्दै नेबिसंघमा हानाहान !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा नेविसंघका कार्यकर्ताबीच हानाहान भएको खबर प्राप्त भएकमो छ । 
बुधवार बागबजारस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा यसरी विद्यार्थीहरुबीच झगडा भएको हो । 
‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ अन्तरक्रिया कार्यक्रममा पौडेलले भने, ‘हिजो प्रजातन्त्रको लागि लड्यौं, राजतन्त्रको विरुद्व लड्यौं र नेविसंघ स्थापना गर्यौं तर आज तपाईंहरु एकआपसमा किन लडनुहुन्छ ?’ ‘यस्तो गुटबन्दीलाई अन्त्य गरौं’ भन्दै पौडेल बाहिर निस्कन नपाउँदै यसरी हानाहान भएको थियो ।
‘चारैतिरबाट एक्कासी आक्रमण हुन थाल्यो । विद्यार्थी नेता÷कार्यकर्ता एक आपसमा नै हानाहान गर्न थाले’ विद्यार्थी नेता कुन्दन काफ्लेले भने, ‘अहिलेको नेतृत्वले प्रतिनिधिको चयन गर्न ६ सयभन्दा बढी तयारी गरिरहेको छ, र पौडेलले बोलिसकेपछि बाहिर निस्किए यही विषयलाई लिएर झगडा भएको हो ।’
झगडामा परी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । नेपाल विद्यार्थी संघमा ठूलो विवाद छ । गुटबन्दीको कारणले महाधिवेशन ९ वर्षदेखि हुन सकिरहेको छैन ।
नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकँदै गर्दा अहिले विभिन्न होटलहरुका कार्यक्रम गरिरहेका छन् । आउँदो साउन २३ गतेदेखि २५ गतेसम्म महाधिवेशन मिति तोकिएको छ ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्