Logo
७ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करको दायरा वढाउनु व्यवसायिको हितमा छः महानिर्देशक अधिकारी

काठमाण्डौ । राजश्व अनुसन्धान विभागका महानिर्देशक निलहरी अधिकारीले करको दायरा वढाउनु व्यवसायिहरुको हितमा रहेको वताउनु भएको छ । राष्ट्रिय व्यापार संघले असार ८ गते न्यूरोडमा आयोजना गरेको राजश्व र कर सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रममा महानिर्देशक अधिकारीले सवै व्यवसायी करको दायरामा आए सहि कार्य गर्ने व्यवसायिहरुले दुःख पाउनुपर्ने अवस्था नआउने वताउनुभयो ।

स्वच्छ व्यवसाय गर्ने व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभागले अप्ठेरो पार्ने कार्य नगर्ने वरु अप्ठेरोमा परेका व्यवसायहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस्तै भन्सार विभागका निर्देशक सूर्या सेढाईले व्यवसायिहरुले भोग्दै आएको आयत निर्यतको समस्याको विविधतालाई एकरुपता ल्याउन व्यावसायि कोर्ड नं. को विकास गर्न लागेको बताउनुभयो ।

सेडाईले विभागले ल्याउन लागेको कोर्ड नं. प्राणाली प्रयोग गरी आप्mनो आयात निर्यातको तथ्याङ्कलाई व्यवस्थित वनाउन सहयोग गर्न सवै व्यवसायिहरुलाई आव्हान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय व्यपार संघका अध्यक्ष नयन वं. पण्डित क्षेत्रीले व्यवसायिहरुले भोग्दै आएका नीतिगत समस्या, त्यसमा सुधार गनुपर्ने कुराहरु र अन्तर सरकारी कार्यालयहरु विचको वेमेलमा एकरुपता ल्याउन सरकारी निकायले तदारुक्ता दखाउनुपर्ने वताउनुभयो ।
कार्यक्रममा करदाता सेवा कार्यलय न्यूरोडका प्रमुख मुक्ति आचार्यले आ.व २०७३÷०७४ मा राजश्व र कर सम्वन्धि भएका परिवर्तनका वारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय क्षेत्र न.. २ का प्रतिनिधि एंव विभिन्न क्षेत्रका व्यवसायिहरुको सहभागिता रहेको थियो ।

स्थानिय व्यवसायिहरुसंगै उपत्यकाका एक दर्जन भन्दा वढि व्यवसायिक संगठनहरुको सहभागितामा भएको कार्यक्रममा सहभागिहरुले सरकार र व्यवसायिक संगठनहरुले व्यवसायिहरुको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्