धुर्मुस सुन्तली एकिकृत वस्ती निर्माण अभियानलाई विशेष सम्मान
रवि रोषी, दोहा । एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले सहयोगदाता सबैलाई विशेष सम्मान गर्ने भएको छ । धुर्मुस सुन्तली एकिकृत वस्ती निर्माण अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेको समुपस्थितीमा सो सम्मानपत्र प्रदान गर्ने कुरा एसोसिएसनका अध्यक्ष उत्तम गुरुङले बताए।
कतारका युवाहरुलाई उर्जाशील मार्गमा अवतरण गराई सामाजिक क्षेत्रमा सहभागिता जनाई युवा समुदायको समाज र देश प्रतिको कर्तव्यमा जिम्मेवार नागरिकको अनुभूति दिलाउने हेतुले खोलिएको यो संस्थाले कतार तथा नेपालका विभिन्न भैपरि आएका क्षेत्रमा अक्षुण्ण भूमिका निर्वाह गर्दै आईरहेको छ।
एसोसिएसनले चलाएको सो सहयोग संकलन अभियानमा हाल सम्म संकलित र प्रतिबद्धता रकम गरी ७ लाख रुपैंया भन्दा माथि नाघिसकेको छ । धुर्मुस सुन्तलीको प्रमुख आतिथ्यता रहने सो कार्यक्रम यहि इदको तेश्रो दिन शुक्रवारको समय साँझ ५ बजे नज्माको शालिमार होटलको सभाहलमा आयोजना गरिने भएको छ।
व्यक्तिगत रुपमा सोहि स्थलमा आई दिन इच्छुक दानदाताहरुलाई पनि उपस्थित भई सिधा हस्तान्तरण गर्न सकिने र प्रवेको लागि कुनै शुल्क नलाग्ने कुरा महासचिव बलहरि रानाले बताए।