Logo
४ बैशाख २०८१, मंगलबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिश्माको रोदन: यस्तो छ पहिलो कथन…मेरो चरित्र हत्या भयो ! ( भिडियो सहित )


काठमाडौं । नेपाली चलचित्रमा स्थापित नायिकाको स्थान बनाउन सफल करिश्मा मानन्धर यतिवेला चर्चामा आएकी छिन् । त्यो पनि चलचित्र वा रंगमञ्चको विषयलाई लिएर होइन् । गत महिना पूर्वप्रधानमन्त्री एवम् माओवादी जनयुद्धका योजनाकार डा. बाबुराम भट्टराई नेतृत्वमा निर्माण भएको नयाँ शक्ति नेपाल नामक राजनीतिक दलको घोषणा सभाको सन्दर्भलाई लिएर हो । 
सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस पोष्ट गर्दै पूर्व नायिका एवम् नयाँ शक्ति नेपालकी नेतृ करिश्माले एक साताअघि पार्टी घोषणा सभामा उद्घोषण गर्दा आफुले गरेको गल्तीलाई ढाकछोप गर्न रंग न ढंगको तर्क गरेकी छन् । करिश्माको पहिलो कथन छ—‘मुलुकका बिद्धानहरुले कसैले केही गल्ती गर्छकी भनेर पर्खेर बसेका रहेछन र त्यस्तो गल्ती देख्नासाथ बिरोध गर्छन् ।’ करिश्माको भनाईमा कसैले गल्ती गर्दा के बिद्धानहरुले बिरोध नै गर्न नपाउने हो र ? फेरी के कसैले गल्ती नगर्दै गल्ती ग¥यो भनेर चरित्र हत्या गर्ने हो र ?
उनको दोस्रो तर्क छ–‘मेरो राजनीति गर्ने इच्छा पनि होइन र पृष्ठभूमि पनि होइन ।’ उनको यो तर्कमा झन दम छैन । उनलाई राजनीतिमा चासो छैन भने नयाँ शक्ति नामक नयाँ पार्टीको घोषणा सभामा किन भाग लिनु प-यो ? के करिश्मालाई बाबुरामहरुले जबर्जस्ती अथिति बनाएका हुन त ? फेरी राजनीति गर्न राजनीतिक पृष्ठभूमि सबैको कहाँ छ र ? करिश्माजी, इतिहास हेर्नुस त । हालका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, स्वयं डा. बाबुरामका न वुवा राजनीतिज्ञ हुन न काका नै ।
त्यसैले राजनीति गर्न र सफलता पाउन राजनीतिक पृष्ठभूमि वा खानदानको जरुरी छैन । करिश्माको तेस्रो तर्क छ–‘बिद्धानहरुले लामो–लामो लेख, रचना पत्रिका र सामाजिक सञ्जालमा लेखेर भित्ता रंग्याए ।’ करिश्माजी बिद्धानहरुको बिद्धता, तर्क वा बिचार मन नपरे तपार्इंले पढ्नै पर्छ भन्ने छैन । बिचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर र अनिवार्य तत्व पनि हो । त्यसैले राम्रो पक्षको प्रशंसा गर्नु र नराम्रो पक्षको आलोचना स्वभाविक नै हो ।
उनको चौथो तर्क छ–‘म जस्तो अल्पज्ञानीले तपाईंहरु जस्तो ट्रिपल डिग्री हासिल गरेको त छैन, तर देशका लागि तपाइँहरुले केही नगरे पनि म भने जनताको मन जितेर देखाइ दिन्छु ।’ यो अभिव्यक्ति वा तर्कमा भने करिश्माको कुण्ठा, इश्र्या र इख पाइन्छ । लोकतन्त्रमा कसैलाई पनि अज्ञानी हुन वाध्य पारिदैन । मन छ भने करिश्माले पनि ट्रिपल डिग्री गरे हुन्छ ।
बिकल्पको रुपमा राजनीति गरेर चुनाव जितेर जनताको फ्रिक्री गर्ने मान्छेले लोककल्याणको पक्षमा काफी काम गरे हुन्छ । त्यसैले, करिश्माजी तपाईंको चलचित्र क्षेत्रमा रहेको साख, इज्जत, प्रतिष्ठामा कसैले पनि प्रश्न गरेको छैन । कोही पनि मान्छे हरेक क्षेत्रमा काविल हुन्छ भन्ने छैन । तर तपाईंले नयाँ पार्टीको घोषणा सभामा राजनीति गर्न जति सजिलो पेशा जस्तै लागेर खेलाँची ढंगमा प्रस्तुत हुनु भयो, यसले तपाईंलाई राम्रो पाठ सिकाएको छ ।
फेरि तपाईंले भने जस्तै चलचित्र क्षेत्रमा पढेलेखेका वा बिद्धान मानिसहरु हुँदैनन् कि भने झैं गरेर तीन बिषयमा डिग्री गरेकाहरुलाई किन यति धेरै लक्षित गर्नुभयो ? के चलचित्र क्षेत्रमा लाग्नेहरुले तीन बिषयमा डिग्री गर्न हुँदैन ? बलिउडकै उदाहरण हेर्नुस त कुनै बेला चलचित्र क्षेत्रका सुपरस्टार भएका अमिताभ बच्चन राजनीतिमा पनि लागे । तर, राजनीति मेरो लागि सन्तुष्टि वा लक्ष्य होइन भनेर पुन चलचित्र क्षेत्रमा फर्किए । अमिताभ बच्चनको बिद्धतामाथि हामीले के प्रश्न गर्न मिल्छ ? यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
हेर्नुस, करिष्माको त्यो गल्तीहरु :

करिष्माको भनाई :


प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्