Logo
८ बैशाख २०८१, शनिबार
(June 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीतकार पौडेलले ल्याए चोखोमायामा आधारीत सात समुन्द्रपारिबाट

काठमाण्डौ । सात समुन्द्रपारिबाट देख्छु तिम्रो रुप …तर मलाइ मन लाग्न बस्न तिमि सित … यो गीतको शब्द सात समुन्द्रपारि बाट नै कोरिएको हो ।

यस गीतका शब्दकार तथा रचनाकार हुन् हिमलाल पौडेल । पौडेल नेपालको पोखरा १९ घार्मी राम्चे मा जन्मेर रोजगारीको सिलसिलामा ओमानलाइ कर्मथलो बनाउँदै आएका ब्यक्ति हुन् ।

सात समुन्द्रपारिबाट देख्छु तिम्रो रुप तर मलाइ मन लाग्न बस्न तिमि सित यो गीतको लय र शब्द भावले नै झल्काउछ गीत निकै प्रेमिल र चोखोमायामा आधारीत रहेको छ । यो गीतको भाव अनुसार भौतिक शरिर टाढा भएपनि तनमन सबै नेपालमै रहेको बताइएको छ ।

साथै आफ्नो मायालुको यादहरुले आफुलाइ पिरोलि रहने र घरीघरी मायालुसँगै बस्न मन लाग्ने पेमपुर्ण भावसमेत निकै मिठासपुर्ण तरीकाले उठाइएको छ । यो गीतमा आवाज भने चर्चित तथा सुमधुर आवाजकाधनि गायक पमोद खरेलको रहेको छ । त्यसो त गायक खरेरले समेत गीत निकै उत्कुष्ठ बनेको बताएका छन् ।

गीतमा अहिलेका चर्चित सँगीतकार राजशुक्र लिम्बुको सँगीत रहेको छ भने एरेन्ज बाबुल गिरीले गरेका छन् । हिमलालको रचना अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेका प्राय गीतहरु मन छुन सफल हुन्छन । हाल उनले सात समुन्द्रपारिबाट देख्छु तिम्रो रुप तर मलाइ मन लाग्न बस्न तिमि सित बोलको गीत रेकर्ड गराएका छन् । जुन गीतले साँगेतिक बजार निकै तताएको छ भन्दा फरक नपर्ला ।

आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार पौडेल भन्छनस् मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु । हुनत पौडेले को संख्यात्मक रुपमा धेरै छैनन् तर पनि गुणात्मक रुपमा भने उनको गीति लेखन निकै अब्बल मानिन्छ ।

सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने पौडेलले यो गीतको भिडियो समेत ल्याउने तयारीमा लागेका छन् । कि त रचना नै नगर्ने गरिसके पछि पहिलो दर्जाको रचना गर्ने उनको दाबी छ । बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गरेर उनले दोस्रो एल्बम निकाल्ने भएका छन् ।

यसभन्दा अगि पनि पौडेलको रचनामा सागर भन्दा गहिरो लाग्छ माया बोलको गीत रेकर्ड भैसकेको छ । प्रेमिल भावले ओतपोत भएको यो गीतको एल्बम ल्याउने तयारी सँगै उनको यो कदपले नेपाली साँगेतिक जगतमा एक इटा थप्ने कार्य भएको छ ।

निकै नै मिजासिला र मिलनसार स्वभाकका पौडेल गीत रचना गरिरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँछन् । जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्