Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८१ देशसँग नेपालको व्यापार : १४१ देशमा घाटा, ४० देशको न्यून नाफा


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब २४ अर्ब १८ करोड पुगेको छ ।
यस अवधिमा ६ खर्ब ८५ अर्ब ४२ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएको छ । नेपालबाट ६१ अर्ब २३ करोड रुपैयाँको मात्र बस्तुहरु निर्यात गर्न सकिएको छ ।
नेपालको १८१ देशसँग व्यापार भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । समिक्षा अवधिमा १४१ मुलुकसँगको व्यापार घाटामा देखिन्छ । जम्मा ४० मुलुकसँग मात्र व्यापार नाफामा छ ।
नाफामा देखिएको मुलुकसँग नेपालको अत्यन्तै कम परिमाणमा व्यापार हुँदै आएको छ । यी मुलुकसँग न्यूनतम ८ हजारदेखि अधिकतम ११ करोड ७४ लाख रुपैयाँसम्म व्यापार नाफा देखिन्छ ।
अहिले जति पनि मुलुकसँग व्यापार घाटा देखिएको छ, ती मुलुकसँग ठूलो परिमाणमा व्यापार हुँदै आएको छ । विभागको तथ्यांक अनुसार ११ महिनामा भारतसँग मात्र ३ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँको व्यापार घाटा भएको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक हो ।
आव २०७२/०७३ को ११ महिनाको व्यापार अवस्था :

 साभार अनलाइनखबर 

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्