Logo
४ बैशाख २०८१, मंगलबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्दिरका भगवान नै बिरामी: भगवानलाई सुनको सिंहासनमा बसाएर आँपको जुस खुवाइयो !

दिल्ली  । मानिस बिरामी हुँदा औषधोपचार गर्छ र उपचार गर्दा पनि निको नभएपछि भगवान पुकार्न थाल्छ । भगवानले रोग निको पारिदिन्छन् भन्ने आशाले मान्छे अध्यात्मतिर लागेको त देखिएकै हो । तर यदि मानिसको रोग हरण गरिदिने विश्वासमा पुजिने भगवान नै बिरामी परे भने के होला ? सायद आफु त महादेव उत्तानो पर, कसले दला वर ? भन्ने उखान चरितार्थ होला ।
वास्तवमा भगवान विरामी हुने भन्ने कुरा कल्पना गर्नु पनि व्यर्थजस्तो लाग्न सक्छ । तर भारतको राजस्थानमा भने एउटा मन्दिरका भगवान विरामी परेका छन् । राजस्थानको उदयपुरमा हेको जगन्नाथ धाम मन्दिर श्रद्धालुका लागि बन्द गरिएको छ । दर्शनका लागि आएका तिर्थालुहरु दर्शन गर्नै नपाई फर्किनुपरेको छ । 
किनकी उक्त धामका देवता विरामी परेका छन् । आफै विरामी परेपछि विचरा भगवानले आफुकहाँ शरण पर्न आउने दुखीजनहरुको उद्धार कसरी गरुन् ? मन्दिरका पुजारी भन्छन्ः भगवान विरामी हुनुहुन्छ र औषधि खाइरहनुभएको छ । भगवानले पन्ध्र दिनसम्म आराम गर्नुहुनेछ ।
भगवान बिरामी विदामा बस्ने यो चलन हरेक वर्ष दोहोरिने परम्परागत चलन हो । उक्त मन्दिरमा भगवान मानवस्वरुपमा रहेको विश्वास गरिन्छ । त्यसैले देउतामा पनि मानिसमा जस्तै प्राकृतिक नियम लगाइन्छ । परम्परा अनुसार गत आइतबारको जेठ पूणिर्माका अवसरमा भगवान जगन्नाथलाई ३५ स्वर्णघाटमा महास्नान गराइएको छ । 
त्यसपछि भगवानलाई सुनको सिंहासनमा बसाएर आँपको जुस खुवाइएको थियो । महास्नान र आँपको रसको सेवनले भगवान विरामी पर्ने विश्वास गरिन्छ । विरामी परेसँगै भगवानलाई भोक नलाग्ने भएकाले १५ दिनसम्म हर्वल औषधि दिएर उपचार गरिन्छ ।
अब आषाढ शुल्क एकादेशी वा आउँदो जुलाई ५ मा मात्र बन्दिर भक्तजनका लागि खुल्नेछ । उक्त दिन भगवान जगन्नाथलाई उनका भाइ बहिनी शुभद्रा र जगन्नाथसँगै रथयात्रा गराइन्छ । इन्डिया टुडेको सहयोगमा

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्