Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचम्म नमान्नुस यो नेपाल नै हो : बर्षायाममा ग्रामीण सडकको बिजोग !

महेन्द्र केसी,पर्वत । जिल्लामा भएका अधिकांश ग्रामिण सडक खण्ड बर्षायामसँगै ठप्प हुन थालेका छन् । जिल्लामा भित्रिने विकास बजेटको सवैभन्दा बढी हिस्सा सडकखण्डमा खर्चिने गरीएता पनि सडकको गुणस्तर नहुदाँ बर्षायामसँगै ग्रामिण सडकखण्ड सवारीसाधन गुड्नको लागि अयोग्य बन्छन् ।
कतै लक्षित बर्गको बजेट त कतै राजनीतिक दबाबका आडमा निमुखाको गासनै मेटेर रानीतिक दलहरुको मिलेमतोमा अन्य शीर्षकमा आएको बजेटसमेत शीर्षक मिलाएर बजेट रकमान्तर गरेर सवैभन्दा बढी विकासको नाममा सडकमा बजेट खर्चिएता पनि सोही अनुसारका भने जिल्लामा सडकसंजाल हुन सकेका छैनन ।
जसका कारण पनि जिल्लाका अधिकांश सडकसंजाल बर्षायाम लागेपछि सवारीसाधन गुड्नको लागि अयोग्य हुन्छन्, ठप्प हुन्छन् । स्थानिय निकायले बर्षेनी करोडौं रकम खर्चेर खोलिएका नयाँ ट्रयाक र मर्मत गरिएका सडक सामान्य वर्षाका कारण पनि ठप्प हुने गरेका छन् ।
स्थानिय निकायले सडकसंजालको गुणस्तरमा भन्दा पनि गुणात्मकरुपमा बृद्धि भएकोमा मख्ख छन् तर सडक संजालको दुरदशा भने सामान्य बर्षाहुदाँ पनि ठप्प हुनेगर्दछन् । मनसुन सुरु भएसँगै जिल्लाका अधिकांश ग्रामिण सडकको अबस्था नाजुक र दयनीय बन्दै गएका छन् ।
जसका कारण सवारी साधन चल्न सकेका छैनन । एक नगरपालिका र ४७ गाउँ विकास समिति (गाविस)लाई सडक संजालमा जोडेको दाबा गर्ने सरोकारवाला निकायले सडकको दुरदशा र अबस्थाका बारेमा भने सोच्न सकेको अबस्था छैन । जसका कारण मनसुन शुरुभएसँगै ग्रामिण भेगका बासिन्दा पैदले यात्रा गर्न बाध्य छन् ।
जिल्लाको दक्षिणभेगलाई जोड्ने सडकखण्ड यतिबेला अबरुद्ध बनिरहेका छन् । मुस्कीलले दोविल्ला फलेवास, कुश्मा–दुर्लुङ तथा दक्षिणतर्फ वालिङ–हुवास–त्रिवेणी खण्ड सडकखण्डमा सवारी साधन गुडेतापनि अन्य दक्षिणभेगका फुलेवास– लुंखु– हुवास सडकखण्ड,  फलेवासदेखि बाच्छा हुुँदै रानीपानी–शालिग्राम जाने लगाएतका सडकखण्ड यतिबेला मनसुनसँगै ठप्प छन् ।
सडक बन्द भएपछि दक्षिण क्षेत्रका बासिन्दा तीन जिल्ला घुमेर सदरमुकाम आउन बाध्य  भएको हुवासका  स्थानीय वृद्ध शेरबहादुर थापाले बताउँछन् ।
सडक मर्मतका लागि परिचालन गरिएका १ सय ९३ जना हेरालुले जिल्लाका पहिलो प्राथमिकताका ३२ सडकको २ सय ९२ किमी सडकमा नियमित मर्मत गर्न राखिए पनि ती सडकमा सवारीसाधान चलाउन कठिन रहेको चालकहरु बताउँछन् । जिल्लाका केही मुख्य सडक मात्र विस्तृत सर्भेक्षण गरेर खनिएका छन् ।
जसमध्ये जिल्ला सडक सञ्जालमा परेका ३२ वटा सडकको २ सय ९३ किलोमिटरमा विस्तृत सर्भेक्षण गरिएको छ । त्यस्तै २ सय ४२ किलोमिटरका ३८ वटा ग्रामीण सडक पनि जिविसबाट बजेट विनियोजन गरी खनिएकाले कार्यालयवाट स्वीकृत लिएका छन् ।
अन्य सडक भने उपभोक्ता समिति र स्थानीय राजनीतिक दलले मनोमानी रूपमा खन्ने गरेको जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ । उपभोक्ता समितिले डोजर ड्राइभरको भरमा खनिएका सडकहरुको गुणस्तर राम्रो हुन नसकेको जिल्ला प्राविधिक कार्यालय पर्वतका इन्जिनियर महेन्द्र बाँनियाले जानकारी दिए ।
उनका अनुसार ग्रामीण क्षेत्रका बासिन्दाले खेतीयोग्य जमिनमा नपर्ने गरी वनपाखामा केन्द्रित भई सडक निर्माण गर्ने भएकाले पनि अधिकांश सडकको ग्रेडिङ नमिल्ने, घुम्ती साँघुरो हुनेजस्ता कारणले गुणस्तरीय हुन सकेका छैनन्  उनले भने । 
– See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=33311#sthash.MZZbGkLg.dpuf

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्