Logo
१२ बैशाख २०८१, बुधबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐतिहासिक बैङ्क मर्जर तोड्न सिइओ नै सक्रिय रहेको खुलासा ! !


भुपेन्द्र आचार्य, काठमाण्डौ । मर्जरको टुङ्गो लागि सकेपछि कर्मचारी भर्ना नगर्ने प्रक्रिया विपरित गएर इन्फ्याक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकका सिइओहरु धमाधम आफ्ना भाइ भतिजाहरुलाई बैंकमा जागिर दिदै भर्ना गरिरहेको खुलासा भएको छ ।
एनसीसी बैंक, कुमारी बैंक लगायत यी ४ विकास बैंक बीच मर्जर गर्ने सहमतीमा हस्ताक्षर भएपनि भित्रीरुपमा यी ४ विकास बैंकहरुले भटाभट कर्मचारी नियुक्ति गर्नुको कारण के हो ? कर्मचारी भर्ना कै कारण मर्जर भाडियो भने यी चार विकास बैंकको बारे राष्ट्र बैंकले कडा चेतावनी दिनै अनुमति पत्र नै खारेजी गर्ने स्रोतको दावी छ ।
यस सम्बन्धमा इन्टरनेशनल डेभलपमेन्ट बैंकका सिइओ राजाराम खड्कासँग प्रतिक्रिया लिन खोज्दा उनीले फोन उठाएनन् यसले के पुष्टी हुन्छ भने यी ४ विकास बैंकका सिइओ मर्जर भाड्न र आफ्नो जागिर बचाउँन भटाभट कर्मचारी भर्ना गर्दै छन् र कर्जा प्रवाह गरि कमिशन लिदै छन् भन्ने प्रष्ट देखिन्छ ।
एउटा ऐतिहासिक मर्जर भाड्न सम्बन्धित संस्थाबा सिइओ नै लाग्नु राम्रो होइन यदि यही कारण मर्जर भाडिए त्यसको जिम्मेवारी ति ४ विकास बैंकको सिइओहरुले लिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्