Logo
१५ बैशाख २०८१, शनिबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी मोर्चाको बिर्ता होइन’ भन्दै आन्दोलन मार्फत नै सरकारलाई घुँडा टेकाएर देखाउन चुनौती

काठमाडौं ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनको बलमा माग पूरा गरेर देखाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिएका छन् ।
मोर्चा माग सम्बोधनका लागि सरकारसँग वार्ता गर्न इच्छुक देखिएको अवस्थामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएर देखाउन चुनौती दिएका हुन्। 
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको बिहिबार काठमाडौंमा सुरू भएको तेस्रो महाधिवेशनको उद्घाटनका क्रममा मधेशका जिल्ला मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताए। 
उनले केही दलले आन्दोलन गरेको नाममा सरकारले आन्दोलन विरोधी जनताका भावनालाई उपेक्षा नगर्ने बताए ।
उनले मोर्चाले राखेको समानुपातिक समावेशी प्रतिनिधित्वको माग संविधानको पहिलो संशोधनबाट पूरा भइसकेको भन्दै मोर्चाले हठ देखाएर आन्दोलन गरिरहनुको औचित्य नरहेको बताए।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले कसैका पनि शत प्रतिशत माग पूरा नहुने भन्दै आफ्नो पार्टी त्यसको उदाहरण भएको बताए। 
उनले संविधानको विपक्षमा मत हालेर पनि आफ्नो पार्टीले संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक सहयोग गरिरहेको भन्दै प्रमुख दलहरुलाई जनमत संग्रहमा जाने हिम्मत गर्न चुनौती दिए।
जनमत संग्रह भएको अवस्थामा आफ्नो पार्टीले उठाउँदै आएको हिन्दु राज्यको पक्षमा ८० प्रतिशत मत आउने उनको दाबी छ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्