Logo
१५ चैत्र २०८०, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाबालिका शिष्यलाई गर्भवती गराउने मन्दिरका पुजारी खोरमा

पर्सा । नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय मन्दिरका पुजारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । 
पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ । 
आफ्नै शिष्यलाई उनले यस्तो अनैतिक क्रियाकलाप गरे पछि उनको चर्को बिरोध भएको छ । मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पूजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
 पूजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणले देखाएको छ । 
बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए। 
अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएका थिए । प्रहरीको निरन्तर प्रयास पछि  जगरनाथपुरबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 25, 2016

प्रतिक्रिया दिनुहोस्