Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चा बटुल्दै नेपाली नायकको हिन्दी ’’गहराई’’

https://youtu.be/I9LWJTndTxo

काठमाडौं । लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेको यूट्युब मार्फत सार्वजनिक गरिएको हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’ले दिन प्रतिदिन चर्चा बटुलिरहेको छ । प्रेम र विछोडलाई फिल्मको मुख्य विषयबस्तु बनाइएको र  गहराई  प्रेम को उत्कृस्ट उपहार भएको लामिछानेले वताउनु भयो ।

उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । लामिछानेले सफल नेपाली चलचित्र ’किन लाग्छ माया’मा मूख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनी ’ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए ।

उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत वजारमा ल्याएका छन ।

उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केही नाटकमा काम गरेका छन् । ‘गहराई’मा शंकर लामिछानेको साथमा अनिता सुर्वित , गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । ’गहराई’लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन्  ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्