Logo
१७ मंसिर २०७९, शनिबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन बाहिरिदै छन, संस्थापक तथा सिइओ जुकरबर्ग फेसबुक कम्पनीबाट !

फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेका छन ।  समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव पनि गरेको छ ।
अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ । उक्त फाइलमा फेसबुक बोर्डले भनेको छ की जुकरबर्ग नेतृत्व तहमा नरहने भएमा आगामी दिनमा फेसबुक बोर्डले जुकरबर्गका बि क्लासका शेयरलाई ए क्लासमा परिवर्तन गर्नका लागि शेयरधनीहरुलाई मतदान गर्न लगाइनेछ । गत अपि्रलमा पहिलोपटक यस्तो प्रस्ताव अघि सारिएको हो ।
यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् । यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३.८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ ।
आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ ।
आयोगमा पेश गरेको फाइलमा फेसबुकले भनेको छ: उक्त नयाँ नियमको उद्धेश्य यो सुनिश्चित गर्नु हो की संस्थापकको बहिर्गमनसँगै अब कम्पनी संस्थापक नियन्त्रिण नबनिरहोस् ।
विद्यमान अवस्थामा जुकरबर्गलाई बी क्लासका शेयर राख्ने अधिकार पनि छ र कम्पनीको नेतृत्व छाडिसकेपछि पनि उनीसँग बहुमत भोटिंग अधिकार सुरक्षित नै रहनेछ ।
जुकरबर्गमा अर्को महत्वपूर्ण अधिकार के पनि छ भने उनले आफ्नो बी क्लासको शेयरका साथै आफ्नो बहुमत भोटिंग अधिकार समेत आफ्नो वारेसलाई हस्तान्तरण गर्न सक्दछन् । तर फेसबुकले बोर्डले अब जुकरगर्बका यी सबै अधिकार कटौती गर्ने देखिएको छ । रोइटर्स

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्