Logo
११ बैशाख २०८१, मंगलबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानक्रिसन रोगबाट ग्रसित, बक्सर मोहम्मद अलीको निधन

काठमाडौं । बक्सर मोहम्मद अलीको निधन भएको छ। ७४ बर्षको उमेरमा उनको निधन भएको हो। स्वास्थमा समस्या देखिएपछि अलीलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो। अली स्वासप्रस्वासको समस्याले अस्पताल भर्ना भएका थिए।
तीन पल्टका विश्व ह्याविवेट च्याम्पियन अली बिगत ३५ वर्ष देखि पानक्रिसन रोगबाट ग्रसित थिए । बिहीबार आफन्तले अलिलाई उठाउन खोज्दा कुनै प्रतिक्रिया नदिएपछि अलिलाई अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उनको स्वास्थमा थप समस्या आएपछि चिकित्सकहरुले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेका थिए।
हालैका दिनहरुमा स्वास्थमा समस्या आएपछि उनी सार्वजनिक कार्यक्रममा कम उपस्थित हुने गरेका थिए । स्वास्थ समस्याकै कारण उनले आफ्नो लण्डन भ्रमणसमेत रद्द गरेका थिए । २ वर्ष पहिले उनको जीवनीमा आधारित हलिउड चलचित्र ‘आइ एम अली’को प्रदर्शन समारोहमा उपस्थित नहुनुको कारण पनि स्वास्थ्य समस्या नै थियो ।
यस अघि सन् २०१४ मा पिसाव नलीमा संक्रमण भएपछि उनलाई अस्पलाल भर्ना गरिएको थियो । काशियाश मारशेलनेश क्ले नाम गरेका अलीले सन् १९६५ मा मुस्लिम नाम मोहम्मद अलि राखेका थिए । सन् १९६० मा रोममा भएको ओलम्पिक खेलमा गोल्ड मेडल जितेका उनले २२ वर्षको उमेरमा सन्१९६४ मा पहलो पल्ट विश्व ह्याविवेट च्याम्पियनप बनेका उनले सन् १९६८ र १९७८ गरि तीन पल्ट विश्व ह्याविवेट च्याम्पियनपसिप जितेका थिए ।
अलिलाई सन् १९६७ मा भियतनाम विरुद्धको युद्धमा अमेरिकी सैनिकको तर्फबाट युद्धमा सहभागी हुन अस्विकार गरेपछि उनलाई पाच वर्ष देश निकाला गरिएको थियो । उनलाई तीन वर्ष बक्सिङ खेल खेल्न प्रतिबन्ध लगाइएको थियो । उनको अन्त्यपष्टि समारोह उनको गृहनगर लुइसभिल्ला केनटकेमा गरिने परिवारले जनाएको छ । बीबीसी

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्