Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय प्रधानमन्त्रि मोदीको सर्टिफिर्केटबारे किन यस्तो बिघ्न बबाल

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शिक्षा कति भन्ने सबैको चासोको विषय हो। त्यसमाथि दिल्लीमा बसेर केन्द्र हाँकिरहेका प्रधानमन्त्री मोदीमाथि दिल्लीकै मुख्यमन्त्री अरविन्द केजरीवालले औला ठड्याए – कति हो तिम्रो शिक्षा ?
मोदीको शिक्षा कति हो भनेर केजरिवालले दिल्ली युनिभर्सिटीसम्म गुहार लगाए। एजुकेसनल रेकर्डको खोजीले भारतमा व्यापक चर्चा पनि पायो। सबैले चासो राखे – शक्तिशाली मुलुकका शक्तिशाली प्रधानमन्त्रीको शैक्षिक योग्यता आखिर कति छर ?

अहमदावाद मिररले यसको खुलासा गर्‍यो र भन्यो – मोदी औशतभन्दा माथिका विद्यार्थी हुन्। स्नातकोत्तर (एमए) मा उनले प्रथम श्रेणी हासिल गरेका छन्। उनले राजनीतिशास्त्रमा एमए गरेका हुन् । सुचना आयुक्त श्रीधर आचार्यालुले मोदीको शिक्षाको डिटेल सूचना उपलब्ध गराउन गत शुक्रबार दिल्ली र गुजरात युनिभर्सिटीलाई लेखेका थिए । हरेक दिनजसो केजरिवालले मोदीमाथि आक्रमण गर्छन् । उनले मोदीको पढाइमाथि पटकपटक भाषणमात्र होइन, जानकारी पाउँ भनेर सूचना आयोगमा नै उजुरी दिएका थिए ।

गुजरात युनिभर्सिटीले यसबारे जवाफ दिँदै सन् १९८३ मा मोदीले ६२।३ प्रतिशत अंक ल्याएर स्नातकोत्तर तह पूरा गरेको जनाएको छ। मोदी एक्टर्नल स्टुडेन्टका रुपमा गुजरात युनिभर्सिटीमा जोडिएका थिए। उनले राजनीति शास्त्रमा एमए गरेका हुन् ।

के के पढेका थिए उनले ?
मोदीले एमए गर्दा राजनीतिशास्त्रलाई मुल विषय बनाएका थिए। त्यसअनुसार उनले युरोपियन पोलिटिक्स, इन्डियन पोलिटिकल एनलाइसिस र साइकोलोजी अफ पोलिटिक्स विषयको अध्ययन गरेका थिए। तर गुजरात युनिभर्सिटीले मोदीको स्नातक तह कहाँ भएको हो भन्ने सूचना भने उपलब्ध गराएको छैन ।

प्रि(साइन्स अध्ययनको विषय भने रोचक बनेको छ। गुजरातकी मुख्यमन्त्री आनन्दीविन पटेल त्यतिखेर एमएस्सी सेकेन्ड इयरमा थिइन् जतिखेर मोदीले प्रि९साइन्स अध्ययन गरेका थिए। अर्को अनौठो तथ्य के छ भने दुवैको रोल नम्बर ७१ नै थियो। दिल्ली र गुजरात युनिभर्सिटी दुवैले मोदीको शिक्षाको सूचना दिन भने लामै आनाकानी गरेका थिए ।

मोदीले आफ्नो वेबसाइटमा दिल्ली युनिभर्सिटीबाट सन् १९७८ मा बीए पास गरेको खुलाएका छन्। प्रधानमन्त्री कार्यालयले उनको शैक्षिक योग्यतामाथि प्रश्न उठ्दासमेत कुनै जानकारी उपलब्ध गराउन चाहेको छैन। यद्यपि गुजरात युनिभर्सिटीका चान्सलर एम एन पटेलका अनुसार मोदीले एमए पहिलो वर्षमा ४ सय पूर्णाङ्कमा २ सय ३७ ल्याएका थिए भने दोस्रो वर्ष २ सय ६२ ल्याएका थिए। ८ सय पूर्णाङ्कमा उनले ४ सय ९९ अंक ल्याएका थिए ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्